रेखा र आर्यन किन चुपचाप ?

इनेप्लिज २०७४ असोज १९ गते १५:४७ मा प्रकाशित

चलचित्रमा जब नायिका रेखा थापा हुन्छिन्, त्यसले निकै चर्चा पाउँछ । रेखाको मुख्य भूमिका रहेको चलचित्र उनले श्रृजना गर्ने स्क्यान्डल र गसिपकै कारणले चल्ने गर्छ । यसअगाडिका धेरै उदाहरणले पनि यो कुराको पुष्टी गरिसकेको छ ।

तर, यसपटक भने नायिका रेखा थापा गसिप र स्क्यान्डलमा रमाउने मुडमा छैनन् । सायद, राजनीतिमा लागेकाले पनि रेखाले सस्तो प्रचारमा रमाउन नचाहेको हुनसक्छ । आफ्नै ब्यानरमा निर्माण भएको चलचित्र ‘रुद्रप्रिया’को प्रदर्शन मिति नजिकिदै गर्दा पनि रेखा मौन नै छिन् ।

रेखा मात्र होइन, नायक आर्यन सिग्देल पनि चलचित्रको प्रचारका लागि खुलेरै लागेका छैनन् । रेखा र आर्यनले ८ बर्षपछि एकसाथ पर्दा शेयर गरेका हुन् ।

सुदिप भुपाल सिंहको निर्देशनमा तयार भएको चलचित्रको ‘चिरिबिरी’ बोलको गीत हिट भएपनि रोमान्टिक गीतले त्यती साह्रो उचाइ कायम गर्न सकेन ।

रेखा र आर्यनको उपस्थिती र उनीहरुको पब्लिसिटी स्टाइलले चलचित्रलाइ हाइप दिने पक्का छ । तर, चलचित्र रिलिज हुन दुइ साता बाँकी रहँदा मुख्य नायक-नायिका नै मौन रहनु आफैमा अचम्मलाग्दो कुरा हो ।

हुनत, चलचित्रका प्रचारको शैली हेर्ने हो भने कथावस्तु राम्रो भएका चलचित्रका निर्माताले कम प्रचार गरेको पाइन्छ । कतै, रेखा र आर्यन पनि यसपटक राम्रो चलचित्र बनाएका छौ भनेर मौन बसेका त होइनन् ? कात्तिक २ गतेसम्म प्रतिक्षा गरौ ।

प्रतिक्रिया