टोरोन्टो एण्ड रिजन कन्जर्भेसन अथोरिटी द्वारा नेपाली समुदायको लागि पद यात्रा कार्यक्रम

इनेप्लिज २०७४ असोज २३ गते ५:४४ मा प्रकाशित

 

टोरोन्टो, टोरोन्टो एण्ड रिजन कन्जर्भेसन अथोरिटी द्वारा बिगत का बर्षहरुमा झै यसपाली पनि नेपाली समुदायको लागि पद यात्रा कार्यक्रम संचालन गरेको छ । टोरोन्टो भन्दा ३१ कि.मि. उत्तर दिशाको रिचमण्ड स्थित ओकरिज करिडोर संरक्षण क्षेत्रमा संचालित उक्त पद यात्रा कार्यक्रममा युबा, बृद्द र बाल बालिका गरि करिब ३५ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा सहभागिहरुले क्यानडाको पार्क ब्यबस्थापन, संरक्षण तथा त्था प्रकृति सगको निकटता र नागरिकहरुको जिम्मेवारी बारे पनि जान्ने मौका पाएका थिए ।

सोहि कार्यक्रममा नेपाल बाट आफ्नो छोरा बुहारी लाई भेटन आएका एक दम्पतिले प्रकृति संरक्षण तथा आफ्ना नागरिकहरुको सुबिधाको लागि क्यानडा सरकारले लिएका नीति बारे मुग्धकण्ठले प्रसंशा गर्नु भयो भने अरु सहभागिहरुले यस्ता कार्यक्रमले प्रकृति संग नजिकिने मौका पाउनुको साथै आफ्नो स्वास्थ्य पनि राम्रो हुने बिचार ब्यक्त गरेका थिए ।

१०५७ एकड क्षेत्रफलमा फैलिएको सो बाताबरण संरक्षेण क्षेत्र पर्यायबरणिय महत्वका बनस्पति, सीमसार क्षेत्र तथा भूमिगत जल संचयको लागि प्रसिद्द हुनुको साथै तथा अपांग मैत्री सुबिधा रहेको छ।

सो कार्यक्रमको संयोजन सोहि संस्थामा कार्यरत प्रदीप बाँस्कोटा ले गर्नु भएको थियो भने चिया तथा खाजाको ब्य्बस्थापन इन्दिरा बाँस्कोटा ले गर्नु भएको थियो ।

प्रतिक्रिया