अमेरिकामा गायक रवि बज्राचार्य को “तिता मिठा सम्झनाले” बोलको गीतको भिडियो सार्बजनिक

इनेप्लिज २०७४ असोज २३ गते २२:०७ मा प्रकाशित

आखिर टाढा भैहाल्यौ, पछि लाग्नु ब्यर्थै भयो, र पैसा बिना बोलको गीतबाट चर्चित बनेका गाएक रबि बज्राचार्य को अर्को गीत “तिता मिठा सम्झनाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनि एस बाबु प्रोडक्सनले निर्माण उक्त भिडियो निर्माण गरेको हो ।

बिनोद बस्नेतको शब्द रहेको यस गीत मा संगीत पनि रबि बज्राचार्यकै रहेको छ । गायकले यो गीत लाई उन्को एल्बम “इम्पल्स अफ लभ” मा समाबेश गरेका छन। दिपेश भण्डारी र सदिक्षा पोख्रेलको अभिनय रहेको उक्त भिडियोको छायांकन एबं सम्पादन अनुप गिरिले गरेका हुन् भने निर्देशन एस बाबु सन्दिप ले गरेका हुन् ।

भिडियो को सबैजसो छायांकन अमेरिकाको सन् फ्रान्सिस्को मै गरिएको छ ।

भिडियो हेर्न को लागि तल क्लिक गर्नु होला ।

 

प्रतिक्रिया