इलाममा दुई लाख १० हजार मतदाता

इनेप्लिज २०७४ असोज २४ गते ४:४६ मा प्रकाशित

इलाम, २४ असोज  ः आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा दुई लाख १० हजार ५७५ मतदाता पुगेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, इलामका अनुसार गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यबाट १७ हजार २७१ जना मतदाता थपिएका हुन् ।

निर्वाचन कार्यालयका अनुसार आठ हजार ७३८ पुरुष र आठ हजार ५३३ जना महिला मतदाता रहेका छन् ।

आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता कार्य सञ्चालन गरेको थियो ।

फोटो खिचाउनेमा विदेशबाट फर्किएका युवा धेरै रहेको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया