एक्कासी बाहिरियो बानेश्वर गोली काण्डको भिडियो (भिडियो हेर्नुहोस्)

इनेप्लिज २०७४ असोज २४ गते १३:३२ मा प्रकाशित
काठमाडौं- नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मीनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्। डा थापाले भने, ‘गौचनलाई अस्पताल ल्याउँदा नै उनको श्वासप्रश्वास थिएन।’
करिब ३ बजे दिउँसो गौचन सवार बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुचजरको अगाडि सिसाबाट गोली प्रहार भएको थियो। प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।
गौचनलाई रमेश बाहुन समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। महानगरीय प्रहरी प्रमुख एअाइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पाैडेल समूहकाे संलग्नता हुन सक्ने बताएका छन्।

https://www.youtube.com/watch?time_continue=2&v=r_QXekzyQpM

प्रतिक्रिया