सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: ०१:२८ | Washington DC: 14:43

माटोको ढिस्कोमा एक बालिकाको मृत्यु

सञ्जय मित्र, रौतह

माटोको ढिस्कोमा पुरिएर रौतहटमा एक बालिकाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका वार्ड नम्बर १ का गौरीशंकर महतोकी १५ वर्षीया छोरी गुडीकुमारी महतोको मंगलवार ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

गाउँभन्दा करिब एक किलोमिटर उत्तर फतुवा विजयपुर नगरपालिका वार्ड नम्बर १ गम्हरिया टोलनजिक रहेको लालबकैया नदीमा घर लिपपोत गर्ने कमेरो माटो लिन गएकी बालिकाको माटो खन्ने क्रममा ढिस्को झरेपछि थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ ।

२०७४ असोज २४ गते १३:४४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी