आपत्कालीन स्वास्थ्य क्लिनिक नेपाल रेडक्रसले सुरु गर्दै

इनेप्लिज २०७४ असोज २४ गते १३:५० मा प्रकाशित

आपत्कालीन अवस्थामा अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न नेपाल रेडक्रसले आपत्कालीन स्वास्थ्य क्लिनिक सेवा युनिट स्थापना गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासँघको आपत्कालीन अनुक्रिया युनिटले वाह्य देशबाट आई २०७२ सालको भूकम्प लगत्तै स्वास्थ्य सेवाको क्षेत्रमा सह्रानीय काम गरेको अवस्थाबाट प्रभावित भई नेपालमा पनि आवश्यकता महसुस गरी अन्तर्राष्टिय सहयोगमा आपत्कालीन स्वास्थ्य क्लिनिक सेवा युनिटको स्थापना गरिएको नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले जानकारी गराउनुभयो ।

ठूलो स्तरको विपद वा द्घन्द्वको परिस्थितिमा तत्कालै फिल्डमा गई स्वास्थ्य सेवा प्रदान गर्न स्थापित युनिटमा दक्ष जनशक्ति तयार गर्न सीममूलक तालिमहरु प्रदान गरिएको छ ।

यसै बीच स्वास्थ्य क्लिनिक सेवाको प्रयोजनको लागि व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम आज असोज २४ गते मँगलबार काठमाडौँमा सम्पन्न भएको छ । गत असोज २० गते देखि सुरुभएको सो तालिममा नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी र विभिन्न सँस्थाका ७ महिला र ७ पुरुष गरी १४ जनाको सहभागिता रहेको थियो । सहभागीहरुले सेवाको क्रममा आवश्यक पर्ने सामग्रीहरुको आपुर्ति, भण्डारन र व्यवस्थापन, क्लिनिक स्थापनाको लागि रब हल तथा आपतकालीन कक्षहरुको स्थापना, गोदामघरहरुको निर्माण र गरिएको कार्यहरुको प्रतिवेदन तयारी जस्ता विषयहरुमा फिल्ड अभ्यास गरी सीप प्राप्त गरेका छन् ।

गत भुकम्प अघि नै यस्तो सेवा सुरुगर्न सकेको भए अझ प्रभावकारी हुने थियो भन्दै तालिमको समापन कार्यक्रममा बोल्दै नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका सहभागि प्रतिनिधि ज्ञान बहादुर बीसीले भन्नुभयो ः यस्तो आपत्कालीन सेवाको काममा रेडक्रससँगको सहकार्य वढाइने छ ।

 

प्रतिक्रिया