नेपाली जनसंपर्क समिति अमेरिका द्वारा शोक समवेदना संदेश

इनेप्लिज २०७४ असोज २४ गते २१:०४ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको खबरले हामीलाई अत्यन्तै दु:खित बनाएको छ । यस्तो आततायी ,कायरतापूर्ण तथा अमानवीय हत्याको नेपाली जनसंपर्क समिति अमेरिका घोर भर्त्सना गर्दै,घटनामा सम्लग्न अपराधिलाई छिटो पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकार संग जोडदार माग गर्दछ ।

अहिले मुलुक क्रमश: राजनीतिक स्थायित्वतर्फ गइरहेको र व्यवसायले प्राथमिकता पाउँदै गरेको अवस्थामा यस्तो बर्बर घटनाले सिंगो व्यावसायिक क्षेत्रमा पुन: त्रास र संशयको अवस्था श्रृजना भएको छ यसले गर्दा मुलुकमा विस्तारै बन्दै गरेको लगानीको वातावरण र समृद्धिमा ठुलो नकारात्मक असर पुग्ने देखिन्छ । आफ्नै मुलुकभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानीमासमेत नकारात्मक प्रभाव पर्न गई, सिंगो देशको आर्थिक समृद्धिमा अवरोध हुने सम्भावना छ ।

त्यसैले यतिवेला सर्वसाधारण नेपाली जनता र मुलुकको समृद्धिमा टेवा पुर्‍याउने सम्पूर्ण उद्योगी व्यवसायीको पूर्ण सुरक्षाको प्रत्याभूती गर्न, मुलुक भित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास आम जनमानसमा दिलाउन नेपाली जनसम्पर्क समिति अमेरिका नेपाल सरकार संग जोडदार माग राख्दै,

स्वा. गौचनको आत्माको चिरशान्तिको कामना गर्दै,शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
धन्यवाद, जय नेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसंपर्क समिति अमेरिका

प्रतिक्रिया