मंगलबार, पुष ४ २०७४ | Tue, December 19, 2017
नेपालको समय: ०४:१७ | Washington DC: 17:32

जिसस चितवनमा डल्लाकोटीको नेतृत्व , माओवादीको भोट पनि एमालेलाई

चितवन , असोज २५
जिल्ला समन्वय समिती चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचत भएका छन । आज भएको जिससको निर्वाचनमा नेपाली काग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वाचित भएका हुन । डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिद्धन्धी अधिकारीले ३ मत ल्याएका हुन । त्यस्तै उप प्रमुखमा पनि नेकपा एमाले कै मुना कुमारी श्रेष्ठ बिजयी भएकी छन । नेपाली काग्रेसकी टिका दाहाललाई पराजित गर्दै श्रेष्ठ बिजयी भएकी हुन । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी छन । जिससको ९ सदस्यीय समितीमा निर्वाचित सबै नेकपा एमाले प्यानलका रहेका छन । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा चितवनको ७ वटा तहको प्रमुख ,उप प्रमुख मध्ये ९ जना एमालेका तर्फबाट बिजयी भएका थिए भने नेपाली काग्र्रेसका ३ जना र माओवादी केन्द्रका २ जना बिजयी भएका थिए । माओवादी केन्द्रका २ जना मेयरले जिससको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले एमालेका उम्मेदवारहरुलाई मतदान गरेका हुन । स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपाली काग्रेससँग तालमेल गरेको भएता पनि पछिल्लो राजनितिक घटनाक्रम अनुसार एमालेका उम्मेदवारलाई समर्थन गरेको देखिएको छ ।

समितीमा निर्वाचित सदस्यहरु खिला कुमारी सिखंडा , लिलादेवी पोखरेल , सिता पुन , गुनु बि क , कृष्णप्रसाद अधिकारी , कृष्णराज गुरङ र चुडामणी महत्तो रहेका छन ।

२०७४ असोज २५ गते १४:४९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी