प्रचण्ड चितवनबाट लड्ने भएपछि देबी काग्रेस प्रवेश गर्दै छन् ? यो हो बास्तविकता |

इनेप्लिज २०७४ असोज २५ गते १५:१७ मा प्रकाशित
प्रचण्ड चितवनबाट लड्ने भएपछि देबि ज्ञवाली कांग्रेस प्रवेशको हल्ला, यस्तो छ बास्तबिकता
भरतपुरको मेयरमा झिनो मतले रेणु दाहालसंग पराजित भएका देबी ज्ञवाली एमालेमा असन्तुष्ट भएको खबर केही अनलाईनहरुले प्रकाशित गरे ।
उनी बाम एकता पछि प्रचण्डले चितवन ३ बाट चुनाव लड्ने घोषाणसंगै एमालेमा नबस्ने मानसिकता बनाएको उक्त समाचारमा उल्लेख गरिएको थियो । यो समाचार प्रकाशित भएपछिथुप्रै साईटमा समेत देबी ज्ञवाली एमाले परित्याग गर्ने गरि अरु पार्टीमा जान लागेको उल्लेख गरेका थिए । आफूलाई जालझेल गरेर भरतपुर महानगरको मेयरमा हराएको भन्दै प्रचण्डको लागी भोट माग्न परे एमालेमा नबस्ने भन्दै समाचार बाहिर आएपछि देबी ज्ञवालीले फेसबुक मार्फत यो सबै झुट भएको बताएका छन् । उनले सबैलाई आफू एमाले नै रहने र यो झुट समाचारको पछि नलाग्न समेत आग्रह गरेका छन् । उनले यो समाचारप्रति घोर भत्सर्ना गर्दै यो कपोकल्पिक भएको समेत बताएका छन् ।

प्रतिक्रिया