पाँच मोहोरमा काम सुरु गरेका ७५ बर्षिय बृद्ध ढुंगाको मूर्ति कुदेर जीविकोपार्जन गर्दै [ भिडियो सहित ]

इनेप्लिज २०७४ असोज २५ गते १५:३३ मा प्रकाशित

भक्तपुर दरबार स्क्वायरमा पुननिर्माणको काम धमाधम भइरहेको छ । प्रचण्ड गर्मीको कुनै परवाह नगरिकन भक्तपुर दत्तात्रयका कान्छा रञ्‍जितकार दुर्गा भगवतीको मन्दीर निर्माणको लागि ढुंगामा बुट्टा कुदिरहेका हुन्छन। २०२२ सालमा ५ मोहोर ज्यालामा काम सुरु गरेका ७५ बर्षीय कान्छा अहिले दैनिक १५०० रुपैयाँ ज्याला लिने गर्छन । नेपालमा ढुङ्गाको बुट्टा कुद्ने कालीगढ़हरु कम मात्रामा पाइने गर्छन ।

सुरुमा सिकर्मीको काम गरेका उनले सिंहदरबारमा समेत काठको काम गरिसकेका छन । आफुहरुले बनाएको कलात्मक मन्दीर एक जर्मन प्रोजेक्टलाई २ लाखमा बेचेका कान्छा ठेकेदारको रुपमा समेत काम गरिसकेका छन । ढुंगामा बुट्टा कुद्ने काम निकै गाह्रो हुने बताउदै उनले हातीबनमा रहेको ढुङ्गा राम्रो र गुणस्तरीय हुने बताए ।

उनको बुबाले पनि सिकर्मी र ढुङ्गामा बुट्टा कुद्ने काम गर्ने गरेको र छोराले पनि मुक्तिनाथमा ३५ फिट अग्लो बुद्धको मुर्ति बनाएर अहिले फिट गर्न गएको उनले बताए ।

प्रतिक्रिया