डीसीमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली किशोर किशोरीहरुलाई २२ वटा पदक प्राप्त

इनेप्लिज २०७४ असोज २६ गते ०:२४ मा प्रकाशित

गत अक्टोबर ७ तारिख डीसी महानगर क्षेत्रको भर्जिनियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुलाई २२ वटा पदक प्राप्त भएको छ l अमेरिकामा जन्मेका अधिकांश बालबालिका ,युवायुवती तथा किशोर किशोरीहरुले १२ वटा स्वर्ण तथा १० वटा रजत पदक जित्न सफल भएका छन l

मेरिल्याण्डको बाल्टिमोरमा रहेको एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो का खेलाडीहरुले प्रथम कोरिया राष्ट्रिय खेलकुद बिश्व बिद्यालय अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बिदेसी मूलका खेलाडीहरु सहित कुल ३४ वटा पदक प्राप्त गरेका छन् l

बिजेता खेलाडीहरुमा क्रमस कृष्ण कार्की २ स्वर्ण ,हेगन छन्त्याल २ स्वर्ण ,सबिन राई २ स्वर्ण ,एलेन शाही १ स्वर्ण एक रजत ,निरज ढकाल १ स्वर्ण १ रजत ,सिम्रन गुरुङ १ स्वर्ण १ रजत ,सजनी राई १ स्वर्ण १ रजत ,अभिनाश गर्बुजा १ स्वर्ण १ रजत ,प्रनभ गर्बुजा १ स्वर्ण १ रजत ,श्रेया ढकाल २ रजत तथा हेमन छ्नात्यल ले २ रजत पदक प्राप्त गर्न सफल भएका छन्

उक्त प्रतियोगितामा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो का संचालक तथा समुह प्रशिक्षकको मुख्य रुपमा मास्टर कुमार कार्की रहेका थिए l यसै गरि समुह प्रशिक्षक को रुपमा मास्टर कल्पना कार्की तथा अन्तर राष्ट्रिय निर्णायक मा मास्टर दिनेश श्रेष्ठ रहेका थिए l

 

प्रतिक्रिया