मंगलबार, पुष ४ २०७४ | Tue, December 19, 2017
नेपालको समय: ०४:१७ | Washington DC: 17:32

डीसी कलिवुड रात्रीमा महा-आमा(सुपर मम )हरुको बिशेष प्रस्तुति हुने

विजय थापा

आगामी अक्टोबर १४ तारिखमा कलिवुड रात्री कार्यक्रममा महा-आमा (सुपर मम )हरुको बिशेष प्रस्तुति रहने छ l उक्त प्रस्तुति हेर्न डीसी बासीहरु प्रतिक्षारत छन् l कलिवुड नाइट २०१७ नामक कार्यक्रमको लागि डीसी महानगर क्षेत्रका विभिन्न पेसामा रहने महिलाहरु अहोरात्र पूर्व अभ्यास गरि रहेको जानकारी प्राप्त भएको छ l

आफु भित्र निहित प्रतिभा भएता पनि अवसर प्राप्त नभएको र यति ठुलो मंच प्राप्त गर्ने मौका नमिलेको हुनाले यस कार्यक्रमको लागि उत्साहित हुदै एक आपसमा समन्वय गरि आफ्नो प्रस्तुति अद्वितीय बनाउने मा ध्यान दिई रहेको बुझिएको छ l

उक्त महा आमा (सुपर मम )मा आफ्नो प्रस्तुति दिने हरुमा रेखा भण्डारी ,रन्जु सुबेदी ,रुबिना श्रेष्ठ ,सबिना श्रेष्ठ ,सुजना ढकाल ,उर्मिला ढकाल ,अर्चना लामा ,जया श्रेष्ठ ,गौरी तिमिल्सिना तथा संगीता पन्त गरि १० जना महिलाहरु रहने छन् l

व्यवसायिक कलाकारहरु को समक्ष १० जना महिलाहरुले प्रस्तुत गर्ने छन् भने उक्त कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु नायक दिलिप रायमाझी ,नायिका झरना थापा ,नायक जीवन लुइँटेल लगायत दर्जनौ अन्य कलाकारहरुको प्रस्तुति हुने छ l

कार्यक्रम केसी डान्स सेन्टर का संचालक नविन केसी तथा कलाकार पुस्कर पन्तको पहलमा हुने कार्यकममा कार्यक्रम अगाडी र पछाडी कुनै भाषण तथा सम्मान कार्यक्रम नहुने भएको छ l

२०७४ असोज २६ गते १:४३ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी