एनआरएन अमेरिकाको क्षेत्रीय उपसंयोजकमा लम्सालको उम्मेदवारी

इनेप्लिज २०७४ असोज २६ गते १६:५० मा प्रकाशित

अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अमेरिका क्षेत्रीय उपसंयोजकमा क्यानडाका सुमन लम्सालले उम्मेदवारी दिने भएका छन् ।

एनआरएन क्यानडाका निवर्तमान महासचिव लम्सालले आगामी कार्यकालका लागि अमेरिकाज  (उत्तर र दक्षिण अमेरिका) को क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिन लागेका हुन् । लामा समयसम्म क्यानडाले अमेरिकाको क्षेत्रीय समितिमा काम गर्ने मौका नपाएकाले आफूले यसपटक क्यानडाको पनि प्रतिनिधित्व हुने गरेर उम्मेदवारी दिन लागेको उनले बताए ।

आफ्नो उम्मेदवारीका विषयमा अमेरिका र क्यानडाका एनआरएन अभियन्ता तथा प्रतिनिधिहरुसँग छलफल सकारात्मक रहेको भन्दै उनले चुनावमा विश्वस्त रहेको बताए ।

अमेरिका र क्यानडाको नेपाली समुदायलाई त्यहाँको स्थानीय भाषा र संस्कृतिसँग जोड्दै नेपालको प्रबर्धन गर्ने तथा गैरआवासीय नेपाली आन्दोलनलाई नयाँ ढाँचामा अगाडि बढाउन भूमिका खेल्ने लम्सालको योजना छ ।

क्यानडाको नेपाली समुदायमा लोकप्रिय रहेका लम्सालले मातृभूमि नेपालका बिभिन्न विद्यालय तथा सामुदायिक विकासका लागि बिभिन्न परियोजनाहरु संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया