हाम्रो देश डुब्न लाग्यो नागरिक, सेना र राजा लौ न बचाई देउ ।

इनेप्लिज २०७४ असोज २७ गते ७:५१ मा प्रकाशित

वि.सं. २०४८ सालमा भएको कांग्रेसको एकलौटी बहुमतको सरकार हँदा त पाँच वर्ष सम्म कांग्रेसको सरकार टिक्न सकेन भने भागबण्डाको आधारमा तालमेल र गठबन्धन गरेका राजनितीक दलहरुको नेताहरुले बनाएको सरकार पाँच वर्ष सम्म कसरी टिक्न सक्छ ? असम्भब कुरा हो । नेपालको हकमा तालमेल र गठबन्धन गरेको सरकार दिर्घकाल सम्म टिक्दैन् ।
हाम्रो मुलुकको इतिहासमा वि.सं.२०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल बाट गुज्रीरहेको अबस्था छ । हाम्रो मुलुकको संक्रमणकाल अवस्था आजसम्म रही आएको र अझै कतिन्जेल संक्रमणकाल अवस्था रही रहने हो ?

राजनीतिक दलहरुका नेताहरुले पालै पालो समिकरण, भागबण्डा , तालमेल र गठबन्धनको नाममा नेपाली नागरीकहरुलाई कहिले सम्म झूक्याई रहने ?कहिले सम्म मुलुकमा अराजकता र अस्थिरता गराई राख्ने ?वि.सं.२०५२ साल देखि जनयुद्धका नाममा माओवादीहरुले मुलुकलाई ध्वस्त र तहसनहस नै गरे । माओवादीहरुले सोझा साझा नागरीकहरुको ज्यान सम्म लिए र अपाङ्ख सम्म बनाए । वि.सं. २०६२÷०६३ सालको जनआन्दोलन पछिको राजनीतिक अवस्था हेर्ने हो भने घिन लाग्दो र मुटु छिया छिया भएर आउंछ । प्रधानमन्त्री , मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको छ । हाम्रो देश डुब्न लाग्यो नागरिकहरु लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो राजा लौ न बचाई देउ ।

स्वतन्त्र नेपाली नागरिकःराकेश कुमार शर्मा, साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २, मो. नं. ९८४८०५५७७६ ÷ ९८१२४९१३९७

 

 

 

प्रतिक्रिया