भक्तपुरमा भेटियो चर्चित नायिका रेखा थापाको यस्तो मूर्ति [ हेर्नुहोस सनसनीपूर्ण भिडियो ]

इनेप्लिज २०७४ असोज २७ गते ७:५६ मा प्रकाशित

नेपाल चार जात छत्तिस बर्णको फुलबारी हो। नेपालमा बस्ने बिभिन्न सम्प्रदायका मानिसहरु विभिन्न कला संस्कृतिमा आबद्ध हुनुको साथै आआफ्नै पेसा गर्ने गर्दछन। यस्तै हिन्दुहरुको चाड दिपावली नजिकिदै गर्दा प्रजापति समुदाय भने माटोको पाला बनाउन व्यस्त रहेको छन्।

उनीहरु माटोको विभिन्न सामग्रीहरु बनाउने गर्दछन। यी समानहरु हेर्दा उनीहरुमा निकै राम्रो कलाकारिता रहेको हामी देख्न सक्छौ। उनीहरु भन्छन, ‘हामीलाई अरु केहि गर्न आउदैन पुर्खौ देखि येही पेसा गर्दै आएको र हामी पनि यही पेसामा रहन बाध्य छौ, कमाइ खासै नभएको र घर परिवार चलाउने मात्र ठिक हुने बहेको आम्दानीले कसरी धान्नु?’

दिपावलीको अवसरमा मानिसहरुले आ-आफ्नो घर आगनमा दियो, मैनबत्ति बालि उज्यालो बनाइ लक्ष्मीलाई स्वागत गर्ने गर्दछन। यो समयमा प्रजापतिले बनाएको पालाहरु निकै बिक्ने गर्दछन। उनीहरुले माटोको पाला मात्र नभई विभिन्न कला-कृतिको सामानहरु तयार पार्ने गर्दछन। भक्तपुरका सहदेव प्रजापतिले नेपाली फिल्म जगतकी चर्चित कलाकार रेखा थापाको आकृति तयार पारेका छन्। उनको भनाइ अनुसार फोटो पाएको खण्डमा उनी जस्तोसुकै आकृति तयार पार्न सक्छन।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया