निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

इनेप्लिज २०७४ असोज २७ गते ११:१० मा प्रकाशित

पोखरा, २७ असोज  ः आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने आज यहाँ आयोजित कार्यक्रममा बताइएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले आयोजना गरेको निर्वाचन र सञ्चार क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा वक्ताहरुले सञ्चारकर्मी र सञ्चार माध्यमबाट प्रशारण भएको समाचारको सानो गल्तीले निर्वाचनलाई बिथोलिनेजस्ता कार्य नगर्न सञ्चारकर्मीलाई सचेत गराइएको थियो ।

एकदिने सो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेश नं ४ अन्तर्गतका ११ जिल्लाका २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । प्रशिक्षणमा तालीम लिएका प्रशिक्षकले आ–आप्mना जिल्लामा गएर अन्य सञ्चार माध्यमका पत्रकारलाई तालीम दिनुपर्नेछ ।

सञ्चार क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सञ्चारकर्मीले सत्यतथ्य समाचार सम्प्रेषण गरी तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न अहम् भूमिका रहेको बताउनुभयो ।

उहाँले समाचार संकलनको क्रममा कुनै असुरक्षाको वातावरण देखिन गएमा जिल्ला सुरक्षा समितिले सुरक्षाको प्रत्याभूति दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्रोत व्यक्ति वरिष्ठ पत्रकार अनिता विन्दु, निर्वाचन आयोगका शाखा अधिकृत हेमराज अर्याल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुण्य पौडेल, सचिव रामप्रसाद तिमिल्सिनालगायतले निर्वाचनमा सञ्चारकर्मीको भूमिका सम्बन्धमा बोल्नुभएको थियो ।
––

प्रतिक्रिया