कतै तपाईका छोरा छोरी हरु पनि परिवार संग लुकी लुकी जाड रक्सि रन्डी बाजी तिर लागेका त् छैनन्…… भिडियो एक चोटी हेर्नु होला सके सम्म शेयर गर्न न बिर्सनु होला धन्यबाद !!!!

इनेप्लिज २०७४ असोज २७ गते १३:२५ मा प्रकाशित

शान्ति नेपाली समाज, बेलायत ले विजया दशमी तथा सुभ दिपावली २०७४ को अवसर पारेर बिसेष सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ| सस्था का वर्तमान अध्यक्ष एबम कायक्रमका सभापति श्री कृष्ण ढकाल र सस्थाका सल्लाहकार एबम कार्यक्रमका प्रमुख अतिथि श्री छबिलाल थापा ज्यू द्वरा पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट को मौन धारण गरि स्वागत गीत र राष्ट्रिय गान पछि कार्यक्रम को सुरुवात गरिएको थियो | सस्थाका सचिव श्री प्रकाश तिवारी र सक्रिय सदस्य श्रीमती राधा खरेलले कार्यक्रम संचालन गरेका थिए भने सस्थाका उपाध्यक्ष श्री भोजराज भण्डारी ले सुभकामना मन्तब्य दिएका थिए |

३५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा लोकप्रिय राष्ट्रिय कलाकार चन्द्रा कार्की र बद्रि के.शी का साथै बिभिन्न संघ सस्थाका प्रतिनिधि र नेपालबाट आउनुभएका बुवा आमा हरुको उपस्थिति रहेको थियो | कार्यक्रममा लोकप्रिय कलाकार चन्द्रा कार्की र बद्रि के.शी ले दर्शकहरु लाइ भरपुर मोनोरंजन गराएका थिए भने मनकामना महिलासमुह द्वरा अभिनय गरिएको नाटक “ पछुतो “ हेर्दा सबैका आँखा रसाएका थिए यो नाटक सम्पूर्ण बिदेशमा रहनुहुने नेपालीहरुको वास्तविक पिडा संग सम्बन्धित थियो , सबैको लागि चेतनामूलक थियो उपस्थित सबैले आउने दिनहरुमा यस नाटकबाट आफुहरुले राम्रो पाठ सिकेको र भविष्यको लागि आँखा खोलिदिएको मा मनकामना महिलासमुह लाई सबैले धन्याबाद दिएका थिए साथै स्थानिय कलाकारहरु अशोक भट्टराई ,सनुजा सापकोटा ,श्रीजना रेग्मी ,योजना पाण्डे , सनुजा सापकोटा,समिक्षा भण्डारी ,प्रबिण खरेल ,कुशल खरेल ,कलश खरेल लगायतका कलाकारहरुले विभिन्न नेपाली परम्परा झल्काउने खालका पोशाकमा दर्शकहरुलाई भरपुर मनोरंजन गराएका थिए साथै नौमती बाजामा पनि सबै झुमेर नाचेका थिए नौमती बाजाको प्रस्तुति देख्दा नेपालकै झल्को मेटाउने प्रस्तुति रहेको थियो | कार्यक्रममा विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधि ,बुध्दिजीबी ,लगायत नेपाल देखि आउनुभएका बुवा आमा हरुलाई अतिथि को अशान ग्रहण गराईएको थियो | आ- आफ्नो मन्तब्य को क्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले सम्पूर्ण उपस्थित बुवा आमा ,दिदीबहिनी तथा दाजुभाई हरुलाई दशैं तिहार को सुभकामना दिएका थिए साथै समाजले धेरै लोकप्रिय काम गर्न सफल भएको र भविष्यमा पनि यस्तै राम्रा कामहरु गर्दै जाओस् भन्ने कामना गरेका थिए | उक्त कार्यक्रममा जीवन भण्डारीको संयोजकत्वमा मा नेपाली स्वादिस्ट खानाका परिकारहरु बनेका थिए |कार्यक्रममा राफल (चिट्टा) पनि खेलिएको थियो राफल कार्यक्रम सम्पूर्ण उपस्थित बुवा ,आमा,दाजुभाइ तथा दिदीबहिनीहरु एकैसाथ भाग लिन सक्ने भएको हुनाले आतिनै आकर्षक बाताबरण को सिर्जना भएको थियो र कन्या को हातबाट राफल को नतिजा निकालिएको थियो र प्रथम,दुतीय,तृतीय हुने लाई पुरस्कार वितरण गरिएको थियो |

प्रतिक्रिया