प्रसिद्ध कंडेलको अन्तिम दाह सँस्कार आईतवार बिहान १०:३० बजे, सबैमा सहयोगका लागि आग्रह

इनेप्लिज २०७४ असोज २७ गते २०:११ मा प्रकाशित

 

प्रसिद्ध कंडेलको अन्तिम दाह सँस्कार आईतवार बिहान १०:३० बजे

बाल्टिमोर अमेरिका वरिपरि रहनुहुने नेपाली समुदाय, नमस्कार

मेरा परम मित्र चेतनाथ कँडेलका सुपुत्र, बाल्टिमोरमा दु:खद निधन भएका प्रसिद्ध कंडेलको अन्तिम दाह सँस्कार आईतवार बिहान १०:३० बजे, अक्टोबर १५, २०१७ मा हुने भएकोले अन्तिम श्रध्दान्जलीका लागि मिले र सके सम्म उपस्थित भैदिनुहुन म सम्बन्धित सबैलाई बिनम्र अनुरोध गर्दछु ।

Mac Nabb Funeral Home, Phone: (410) 747-4770
Address: 301 Frederick Rd, Catonsville, MD 21228
Viewing Time : 10 am to 10:30 am
cremation – 10:30 am
Phone: (410) 747-4770

परिवारका तर्फबाट अनुरोधक – रामप्रसाद खनाल
Tel: 703-419-0924

सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु सादर नमस्कार मेरा मित्र एबम समाजसेबी चेतनाथ कंडेलका २३ बर्सीय छोरा प्रसिद्ध कंडेलको अमेरिकाको बाल्टीमोरमा भएको अत्यन्त दु:खद निधनले हामी स्तब्ध छौं । कृपया तपाईंहामी सबै मिलेर सक्दो सहयोग गरौँ र अन्तिम श्रध्दान्जली दिएर प्रसिद्ध लाई अन्तिम बिदाइ गर्न जुटौं । हामीले छिट्टै दाह सँस्कार बारेमा सूचना अपडेट गर्ने नै छौं । कृपया यो लिन्क क्लिक गरी दाह सन्स्कार का लागि आफु सक्दो सहयोग गरिदिन सबैमा सादर अनुरोध छ ।
 https://www.gofundme.com/help-prasiddhas-funeral-process
गुल्मी श्रीङ्गा, हाल परिवार काठमाडौं शँखमुलमा रहेका, एक होनाहार विद्यार्थी प्रसिद्ध कँडेलले अमेरिकाको बाल्टिमोरमा आत्महत्या गरेका छन ।  अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी कँडेलले आफु बस्ने घरको लौन्ड्री रुममा झुन्डिएर आत्महत्या गरेको पुस्टि भैसकेको छ । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका आएका उनी काठमाडौं शंखमुल निवासी समाजसेबी चेतनाथ कंडेलका सुपुत्र हुन । कँडेलले डिप्रेशनका कारण आत्महत्या हुन सक्ने बुझिएकोछ । प्रहरीले अनुसन्धान गरी आत्महत्या भएको पुस्टि भैसकेको र उनको डेड बोडी हाल MAC NABB Funeral Home बाल्टिमोरमा राखिएको छ । दाह सँस्कार के कसरी गर्ने
भन्ने सन्दर्भमा पारिबारिक सरसल्लाह हुँदैछ ।

दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी थिए भने उनी ठुली आमाकी छोरी अर्थात दिदी र भिनाजु त्यहा भएकाले बाल्टिमोर सरेको बुझिएको छ ।

*************
मेरा मित्र चेतनाथ कंडेल एबम भाउजु सिता कंडेललाई पुत्र शोकको यो अत्यन्त दु:खद घडीमा भगवानले धैर्य धारण गर्ने क्षमता प्रदान गरुन भन्दै हार्दिक समबेदना प्रकट गर्दछु भने स्वर्गीय बाबु प्रसिध्दको आत्माको चिर शातिको कामना गर्दै हार्दिक श्रध्दान्जली अर्पण गर्दछु ।

बाल्टिमोरमा रहेको बाना लगायतका संघ संस्थाहरु, मेरा मित्रहरुलाई यो अनुरोध गर्दछु कि नहुनु पर्ने घटना भैसक्यो अब हामी दाह सँस्कारका लागि जुटौं । यो पिँडाको घडीमा तपाईंका सहयोगी हातहरु अगाडि बढाइ प्रसिध्द लाई अन्तिम बिदाइमा सहभागी भैदिन पनि म बाल्टिमोरबासी मेरा सबै मित्रहरु र नेपाली समुदायमा अनुरोध गर्दछु । मित्रहरु स्वर्गीय प्रसिध्दका भिनाजु सुजन भण्डारीको संपर्क नम्बर 410-236-1302,  443-454-0469 मा संपर्क गर्न, सहयोग गर्न आग्रह गर्दछु ।

– रामप्रसाद खनाल / www.Nepalmother.com  

************************************** बाबुसँग प्रसिध्द :

केही तस्बिरहरुमा उनी :

काठमाडौं एयरपोर्टबाट यसरी बिदाइ भएर हिँडेका उनी सधैंका लागि बिदा भएर गए ।

**************************************

 

प्रतिक्रिया