कलिवुड नाइट २०१७ को तयारी पुरा ,कलाकार र आयोजक भोलिको प्रतिक्षामा

इनेप्लिज २०७४ असोज २८ गते ०:५३ मा प्रकाशित

भोलि अक्टोबर १४ तारिखमा हुने कलिवुड नाइट कार्यक्रम को तयारी पुरा भएको छ l अविरल रुपमा कलाकार को खोजि ,स्थान तय ,सौजन्य ,समन्वय आदिमा व्यस्त रहेको आयोजकहरु अब भोलि कार्यक्रम भब्य बनाउने मा मात्र केन्द्रित रहेका छन् l कहिले बिहान होला भन्ने तयारी साथ प्रतिक्षरत छन् l

बिशेष गरि महा-आमा (सुपर मम )हरुको बिशेष प्रस्तुतिले चर्चा परिचर्चा व्यापक पाएको छ l उक्त कलिवुड रात्री कार्यक्रममा नायक दिलिप रायमाझी ,नायिका झरना थापा ,नायक जीवन लुइँटेल ,राज बल्लव कोइराला ,राम प्रसाद खनाल ,रतन सुबेदी ,अमृत लामा ,मिनाक्षी बन्दना ,नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु ,पुस्कर पन्त ,स्मृति पोख्रेल ,राजेश नाथ ,नविन केसी ,लुना श्रेष्ठ ,सुनिक्षा मैनाली ,गोपाल नेपाल( फिस्टे ) तथा अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ l

कार्यक्रम केसी डान्स सेन्टर का संचालक नविन केसी तथा कलाकार पुस्कर पन्तको पहलमा हुने कार्यकममा कार्यक्रम अगाडी र पछाडी कुनै भाषण तथा सम्मान कार्यक्रम नहुने भएको छ l केसीले भोलि हुने कार्यक्रममा उपस्थित हुन् डीसी क्षेत्रका सबै नेपाली समुदायलाई बिशेष आग्रह गरेका छन् l

प्रतिक्रिया