एट्लान्टामा हुने कार्यक्रमको लागि गायिका आस्था राउत ,नायिका मलिना जोशी तथा गायिका अभया सुब्बा पुरा तयारीमा

इनेप्लिज २०७४ असोज २८ गते २:४१ मा प्रकाशित

आगामी अक्टोबर १५ तारिख एट्लान्टामा हुने वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रमको लागि कलाकारहरु आस्था राउत ,मलिना जोशी तथा अभया सुब्बा पुरा तयारीमा रहेका छन् l

अमेरिका कै एक चर्चित शहर एट्लान्टामा नेपाली समुदायको पनि बाक्लो उपस्थिति देख्न पाइने अभिलाषा को साथ उत्साहित बनेका छन् l

सिनसिनाटीमा गत अक्टोबर ७ र सेन्ट लुइसमा अक्टोबर ८ तारिखमा सफलता पूर्वक सम्पन्न भए पछि अझ उत्प्रेरित र आफु भित्र हौशला जागेको कलाकारहरुले संदेश दिएका छन् l एट्लान्टामा पनि आयोजक त्यतिकै उत्साहित हुदै प्रचार प्रसारमा लागेका छन् l आयोजक मध्ये कै लोकप्रिय समाज सेवी तथा पर्यटन दूत राजा घले निकै उत्साहित भएको जनाउदै कलाकारलाई सम्मान गर्न भए पनि समुदाय को उपस्थिति जरुरि हुनाले ईनेप्लिज बाट नै सबैलाई चुलो निम्तो दिएको बताउनु भएको छ l

कार्यक्रम अक्टोबर ७ देखि सुरु भै सकेको छ भने कार्यक्रम अक्टोबर २९ सम्म चल्ने छ l कार्यक्रमको आयोजक थ्रीई इन्टरटेनमेन्ट समूह को पहलमा भएको हो l विभिन्न सहर मा कार्यक्रम प्रस्तुति संगै अमेरिकामा नेपाली समुदायमा उल्लेखनीय योगदान गर्ने महिलालाई थ्रीई इन्टरटेनमेन्टले नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका नामक पुरस्कार न्युयोर्कमा अक्टोबर २० तारिखमा प्रदान गर्ने छ l

 

प्रतिक्रिया