नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

इनेप्लिज २०७४ असोज २८ गते ६:५९ मा प्रकाशित

काठमाडौँ, २८ असोज ः नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाउनुभएको छ ।

पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नुहुनेछ ।

सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ ।

प्रतिक्रिया