हालसालै नापा,सोनोमा र सान्तारोजा क्षेत्रमा भएको भिषण आगज़नीमा लायन्स क्लब को सक्रियता मा सहयोग।

इनेप्लिज २०७४ असोज ३० गते ८:५४ मा प्रकाशित

प्रेश बिज्ञप्ति

श्रद्धेय लायन्स मित्रहरु,दिदी बहिनी तथा दाजुभाईहरु

हालसालै नापा,सोनोमा र सान्तारोजा क्षेत्रमा भएको भिषण आगज़नीका कारण हज्जारौ घरहरु नष्ट हुनाका साथै लाखौको संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष हिसाबले पृयजनहरु प्रभाबित हुनु भएको घटनाले हामि बिक्षिप्त भएका छौ।प्राकृतिक तथा दैबिक बिपत्तीहरुमा लायन्स क्लब सहयोगको हात बढाउदै सधैं अग्र पंतिमा हुने गर्दछ र यस बिपतमा पनि हामि सम्बन्धित निकाय संग नियमित संपर्कमा रहेर कसरी सहयोग गर्न सकिन्छ भनी समन्वय गरि रहेका छौ।

यसै क्रममा District 4-C3 को संयोजन,Crockett Lions Club को अगुवाई र District 4-C3 का सल्लाहाकार Mr .Bill Ridle को नेतृत्वमा प्रभाबित क्षेत्रमा स्वयं सेबकहरु परिचालन गर्दैछौ।
बिपत ब्यबस्थापन गर्ने निकायको स्विकृती बिना प्रभाबित क्षेत्रमा आफुखुशी गएर सेवा गर्न नसकिने प्राबिधीक अप्ठ्यारो भएको हुँदा र एकै पटकमा धेरै सहयोगीहरुलाई समाबेस गर्न नसकिने ब्यहोरा समेत अनुरोध गर्दछु।

डिस्ट्रिक गभर्नर
राजेन थापा
District 4-C3

हामि निम्न स्थान ,मिती र समयमा स्वयंसेवकहरु परिचालन गर्दैछौ।

Date Assignment Location
10/18/2017
Start: 9:00 AM
End: 2:00 PM
Help prep food and/or sort clothes
(Our group reserved 15 spots)
10/18/2017
Start: 2:00 PM
End: 7:00 PM
Help prep food and/or sort toys
(Our group reserved 15 spots)
Santa Rosa Community Corps
93 Stony Circle
Santa Rosa CA. 95401

 

प्रतिक्रिया