यी साहसिक महिला प्रहरी जसले सार्वजनिक सवारीमा यौनजन्य हिंसा यसरी न्यूनीकरण गर्दैछिन [ हेर्नुहोस भिडियो ]

इनेप्लिज २०७४ असोज ३० गते १५:०० मा प्रकाशित

बिशेषगरि अफिस समयमा र चाडपर्वहरुमा सार्वजनिक गाडीहरुमा भीड हुने गर्दछ। भीडमा छुनै नमिल्ने होइन तर, केहि यस्ता ब्यक्तिहरु हुन्छन जो भीडको फाइदा उठाएर महिलामाथि यौनजन्य कार्य गरिरहेका हुन्छन। यस्ता पशुलाई सजाय दिनको लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकी महिला सेल प्रमुख शर्मिला गुरुङले गत साउनदेखि उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरूमा महिलामाथि हुने सेक्सुअल ह्यारेसमेन्ट नियन्त्रणका लागि सेफ्टी पिन स्ट्रिङ अपरेसन चलाइरहेकि छिन ।

महिलाहरुले खुलेर जिउन पाउनुपर्छ। कति महिला डर, त्रासका कारण सहेर बस्ने गर्छन। आफु माथि भएको अन्याय पनि सहने बानीले गर्दा यस्ता अपराधीहरु खुलेयाम भीड भएको सवारी साधनमा जानी जानी चढ्ने गर्छन र मौकाको फाइदा उठाउन थालिहाल्छन। यस्ता अपराधीहरुलाई सजाय दिन र महिलालाई सुरक्षा दिने मुख्य उद्धेश्य लिएर सेप्टी पिन अपरेशन चलाएको हो।

सेप्टी पिन अपरेशन सम्बन्धि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकी महिला सेल प्रमुख शर्मिला गुरुङसंग गरिएको कुराकानी हेर्नुहोस भिडियो :

प्रतिक्रिया