एट्लान्टामा वुमन इन कन्सर्ट युएस यात्रा कार्यक्रम सम्पन्न ,अक्टोबर १७ तारिख बोस्टनमा हुने

इनेप्लिज २०७४ असोज ३० गते १९:०३ मा प्रकाशित

गत अक्टोबर १५ तारिख एट्लान्टामा वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रम सम्पन्न भएको छ l आइतबार परेको हुनाले आयोजना गरिएको कार्यक्रम अपेक्षा गरे भन्दा कम दर्शक रहेता पनि आएका दर्शकले अन्तिम अवस्था सम्म पनि मनोरंजन गरेको आयोजक मध्ये कै एक तथा पर्यटनदुत राजा घले ले बताए l

एट्लान्टा पछि भोलि अक्टोबर १७ तारिख वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रम बोस्टनमा हुने छ भने बोस्टनमा जात्रा नेपालले प्रस्तुतिको प्रस्तुति रहने छ l एट्लान्टामा नेपाली मुलका ५ जना महिलाहरुलाई समुदायमा गरेको योगदान को कदर गर्दै सम्मान गरिएको थियो l

डा कविता रेग्मी शर्मा ,डा. अमृता रेग्मी ,सुष्मा बाराकोटी ,अम्बिका शर्मा लोहनी तथा बिध्या गुरुङलाई सम्मानित गरिएको थियो l वहाहरुलाई विभिन्न संघ/संस्था को तर्फ बाट समाजसेवी तथा संघ/संस्थाका प्रतिनिधिहरुले सम्मान गरेका थिए l

बोस्टनमा मंगलबार काम को दिन नै कार्यक्रम हुने भएकोले सबैमा यसै सूचना मार्फत आउन आग्रह गरेका छन् l कार्यक्रम थ्रीई इन्टरटेनमेन्ट समूह को पहलमा भएको हो भने कार्यक्रम गत अक्टोबर ७ देखि अक्टोबर २९ सम्म चल्ने छ l थ्रीई इन्टरटेनमेन्टले नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका नामक पुरस्कार न्युयोर्कमा अक्टोबर २० तारिखमा प्रदान गर्ने छ l

 

 

 

प्रतिक्रिया