फोर्ब्सका ४ सय अर्बपति सूचीमा बिल गेट्स शिर्ष स्थान मै ,मार्क जुकरबर्ग चौथो स्थानमा ,डोनाल्ड ट्रम्प २४८ औ स्थान

इनेप्लिज २०७४ असोज ३१ गते २३:५७ मा प्रकाशित

विश्व प्रख्यात अमेरिका बाट प्रकाशित फोर्ब्स पत्रिका ले अक्टोबर १७ तारिख विश्वका ४ सय महाधनाड्य अर्बपतिहरुको सूची प्रकाशित गरेको छ l विश्वमा धनाड्य मध्ये अधिकांश अमेरिकाका रहेका छन् l यस बर्ष पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स लगातार शिर्ष स्थानमा नै कायम रहेका छन् l

अमेरिका का राष्ट्रपति लिई डोनाल्ड ट्रम्पलाई पनि उक्त सूचीमा सामेल गर्दै व्यक्तिगत रुपमा धनाड्यको सूचीमा पुन परेका छन् l उनको सम्पति घटेर ९२ औ स्थान तल तल झरेता पनि उनि २ सय ४८ औ स्थानमा रहेका छन् l

सर्बाधिक रुपमा फेसबुक(मुहार पुस्तिका )का संस्थापक मार्क जुकर वर्ग चौथो स्थानमा परेका छन् l ४ सयको सूचीमा भारतका कुल १ सय १ अर्बपतिमा मुकेश अंबानी शिर्ष स्थानमा रहेका छन् l

एमजोनका सस्थापक जेफ बिजोस दोश्रो स्थानमा रहेका छन् l बिल गेट्स संग कुल संपत्ति ८९ बिलियन डलर रहेको पत्रिकाले जनाएको छ l राष्ट्रपति ट्रम्प सन् २०१६ मा १ सय ५६ औ स्थानका विश्वका धनाड्य थिए भने हाल उनको घर किनबेच कारोबार शिथिल भएकोले उनि तल झरेको बताएको छ l

फोर्ब्स का अनुसार विश्वमा सन् २०१७ का २ हजार ४३ अर्बपति रहेका छन् भने उनीहरुसंग करिव कुल संपत्ति ७ हजार ६ सय ७० अर्ब भएको अनुमान गरिएको छ l गत बर्ष २०१६ भन्दा यस पटक २०१७ मा १८ प्रतिशतले अर्ब पतिको वृद्धि भएको डब्लुटिओ ले लेखेको छ l

विश्वमा ४ सय अर्बपति पुरुषहरुमा केवल ५० जना महिलाहरु अर्बपति को सुचिमा परेका छन् l सबै भन्दा ज्यादा कमाउने मार्क जुकेरबर्ग परेका छन् भने उनले $ १५.५ अर्ब डलरको कमाइ ले वृद्धि भएको छ l

अमेरिका मा सबै भन्दा ज्यादा ५ सय ६५ अर्बपति छन् भने एक साल अगाडी ५ सय ४० जना मात्र अर्बपति रहेका थिए l चीन मा ३ सय १९ जर्मनीमा १ सय १४ तथा भारतमा १ सय १ जना अर्बपति रहेका छन् l

गुगलका सर्गे ब्रिन १० औ स्थानमा परेका छन् भने डीसी का ८ जना अर्बपतिमा पर्न सफल भएका छन् l नेपाल का एक मात्र अर्बपति बिनोद चौधरी संग $ १.३८ मिलियन डलर रहेको छ भन्दै उनि १ हजार ५ सय ६७ मा परेका छन् l

 

 

प्रतिक्रिया