आज यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै

इनेप्लिज २०७४ कार्तिक १ गते ५:५७ मा प्रकाशित

काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया