अमरको तिम्रो कसम सार्वजनिक

इनेप्लिज २०७४ कार्तिक १ गते ९:४२ मा प्रकाशित
 
कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचना रहेको गीत “तिम्रो कसम”  को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर्यन खत्री र संगीता राइमाझीको युगल स्वर, संगीत सबिन लिम्बुको रहेको गीतको एरेन्ज बुद्ध सायमीको रहेको छ । मोडल गोकुल खनाल र कन्चन निरौलाको बेजोड अभिनय र निर्देशन तथा छायांकन दिनेश पराजुलीको रहेको छ ।
  यो तिम्रो कसम गीतको आजभन्दा पहिला पनि म्युजिक भिडियो बनिसकेको र दर्शक स्रोताकोहरूले धेरैभन्दा धेरै मन पराइ एक लाख भन्दा बढीले हेरी सकेको पहिलो भिडियोमा मुकेश हुमागाईले छायांकन गरेको र बुकराम ढकालले निर्देशन गरेको उक्त गीतको मोडलमा जमेस र चाहनाको अभिनय रहेको थियो । पहिलाको संगीतभन्दा अलि फरक बाजा हालेर तयार पारेको संगीतकार र एरेन्जरले जानकारी दिएको छ । दर्शक स्रोताले दुबै गीत SongsNepal को युटुबमा रहेको छ ।

प्रतिक्रिया