नेपालमा कुकुर तिहार मनाइयो ,अमेरिकामा अब सुरु

इनेप्लिज २०७४ कार्तिक १ गते १२:२१ मा प्रकाशित

नेपालमा तिहारको दोस्रो दिन बुधबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ भने अमेरिकामा अब बिहान मनाइदै छ l कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

नेपालमा आफुले पालेका या सडक डुल्ने कुकुरलाई पुजा गरि माला लगाईएको छ l अमेरिकामा बिदेशीहरु जस्तै अधिकांशले कुकुर पाल्ने भएकोले बिहानै देखि कुकुर पूजा सुरु गरिएको छ l अमेरिकामा कुकुरको खाना किन्ने प्रचलन अनुसार बिशेष परिकारका भएता पनि नेपाली सेलरोटि पनि राख्ने नेपाली समुदायले गर्ने गरेका छन् l

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनु भएको छ l

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

प्रतिक्रिया