अमेरिकी सेनामा कार्यरत समिर चालीसेको निधन

इनेप्लिज २०७४ कार्तिक १ गते १४:१० मा प्रकाशित

अमेरिकाको सेनामा कार्यरत नेपाली मूलका समिर चालीसेको मृत्युको दुखद समाचार प्राप्त भएको छ l २९ बर्षिय समिर चालीसे के कसरी मृत्यु भएको बिस्तृत बारे जानकारी आउन बाकि रहेको छ l

मृतक पिता सरोज चालिसे तथा माता सुशिला बस्नेत चालिसेका छोरा हुन् l काठमाडौँ चाबहिल निवासी अमेरिकाको टेक्ससमा दुखद घटना घटेको हो l

उनि दुई बर्ष जर्मन बसेर दुई महिना अगाडी मात्र अमेरिका आएका थिए l ७ बर्ष अगाडी अमेरिका बिधार्थी भएर आएका स्व चालिसे ५ बर्ष देखि अमेरिकन सेनामा थिए l स्व समिरले दुई बर्ष अगाडी बिहे गरेर भर्खर मात्र उनले आफ्नी पत्नीलाई टेक्सस जर्मनीबाट ल्याएका थिए l डिसी क्षेत्रमा बसोबास गर्दै आएका संचारकर्मी बिष्णु शितल परिवारका नजिकका व्यक्ति हुन् l पत्रकार शितलले आफ्नो सामाजिक संजाल फेसबुकमामा समबेदना प्रकट गरेका छन् l

पारिवारिक श्रोतका अनुसार उनका दाई अस्ट्रेलिया मा छन् भने एक भाई नेपालमा छन् l उनि माहिला छोरा हुन् l समिरको असामयिक र अल्पआयुमा भएको दुख:द निधनको खबरले सबैलाई स्तब्ध बनाएको छ l यस दुखद घडीमा सम्पुर्ण परिवारजनमा परेको बज्रपात प्रति आफन्त शुभचिन्तकहरुले भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने सामाजिक संजालमा श्रद्धान्जली दिएका छन् l आफन्तहरुले शोकमा डुबेका बुवाआमालाई समबेदना दिने क्रम जारी छ l

प्रतिक्रिया