एटलान्टा मेयर उम्मेदबार भिन्सेन्ट फोर्ट संग नेपाली समुदायको बिशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ कार्तिक २ गते १:०८ मा प्रकाशित

अमेरिकाको जोर्जिया राज्य स्थित एटलान्टा सहरको लागि मेयर उम्मेदबार सिनेटर भिन्सेन्ट फोर्ट संग नेपाली समुदयको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम नेपाली रेस्टुरान्ट ” हिमालयन स्पाइस रेस्टुरान्ट ” मा सम्पन्न भयो l

फोर्ट २० बर्ष भन्दा लामो समय देखि सिनेटरको रुपमा बिभिन्न बिषयमा योगदान पुराउदै आएको र अमेरिकाको निकै ख्यातिप्राप्त नेता मानिने बर्नी स्यानडर्स र गभर्नर रोइ बार्नेसले पनि अनुमोदन गरेको हुनाले चुनाब जित्ने अवसर निकै प्रबल छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायको तर्फ बाट स्कुलमा पढ्ने बिद्यार्थी देखि ब्यबसायी ,महिला र नेपाली समाजका अभियन्ताहरुले केहि रोचक प्रस्नहरु सोधेका थिए ।

सिनेटर भिन्सेन्ट फोर्टले पनि निकै रोचक मानेर प्रस्न सुनेका र प्रत्येक व्यक्तिको प्रश्नको जवाफ दिएका थिए । चुनाबको व्यस्त समयमा एक घन्टाको लागि मात्र भनेर आएको सिनेटर दुई घण्टा भन्दा बढी समय नेपाली समुदाय संग बिताए ।

१९९६ देखि नै जर्जिया राज्यका सिनेटर रहेका फोर्ट डेमोक्रेटिक दलका एक सशक्त नेता हुन् l यो अन्तरक्रिया कार्यक्रम पर्यटन दुत राजा घले र जोर्जिया स्टेटमा अध्यनरत आतुश ढकालको प्रयाशबाट भएको थियो ।

प्रतिक्रिया