भैसी पालेर महिनाको ८ लाख कमाउने दिपकको घतलाग्दो संघर्ष र सफलताको कथा

इनेप्लिज २०७४ कार्तिक २ गते ९:०९ मा प्रकाशित

पोखरा-देश छोडेर परदेशी हुनुको पिडा भनिसक्नु छैन थोरै पैसामा पसिना साट्नु पर्छ त्यो चर्को घाम अनि अर्को महिना भर नपुग्ने तलब.अनि दशैँ तिहार आउदा बाल बच्चा र परिवार सम्झेर रुनु पर्दा जिन्दगी केहि रहेनछ जस्तो लाग्दो हो सायद र यो भोगाई धेरै नेपालीको हो.तर यो भोगाईबाट अलि पर छन पोखरा नयाँबजारका दिपक तिमल्सिना.गरे सम्भब छ देशभित्रै भन्नको लागि गलित उदाहरण उनि बनेका छन्

पोखरालेखनाथ महानगरपालिका १४ चाउथे नजिक बिजयपुर खोलाको आडमा एक युवाले १६ रोपनी जग्गा लिजमा लिएरका छन् । कतै गोठ बताएका छन् त कतै खेतीबाली । २०७० सालदेखि एक युवाले ब्यवसायिक रुपमै भैंसी पालिरहेका छन् । गोठमा झण्डै २ सय भैँसी छन् । पोखरा नयाँबजारका दिपक तिमिल्सिनाको पूरै परिवार भैँसीले धानेको छ ।

छोराछोरी पोखराका स्थापित बोर्डिङ स्कुलमा पढ्छन् । नयाँबजारमा अरु सराईको घर छ । ‘पैसा कमाउन न विदेश जानुपर्छ न जागिर खानुपर्छ, उनी भन्छन् । अरुलाई जागिर दिएर मज्जासँग सम्पत्ती जोड्न सकिन्छ ।’ उनको फार्ममा २१ जना कामदारले काम गर्दै आएको तिमिल्सिनाले बताए ।

यसबाहेक पोखरा १४ कै खाल्टेमसिनामा पनि १३ रोपनी जग्गा लिएर अर्को फार्म तयार गरिरहेका छन् । दुईवटा फार्ममा ४ सय भैंसी पु¥याउने योजना रहेको तिमिल्सीना बताउँछन् । दुईवटा भैसी घरमा दुध खानका लागि पारेका थिए । घरमा खाएर बँचेको छिमेकीले लैजान थाले, उनले भने–पछि राम्रो दुध पाईने होहल्लाले वरिपरीका सबै दुध माग्न आए । हामीले पनि भैँसी बढाउँदै गयौं ।’ नजिकका छिमेकीलाई दिनकै लागि १२ वटासम्म भैंसी पालेको उनी सुनाउँछन् ।”गरे सम्भब छ देशभित्रै”को पहिलो अंकमा उनै दिपक तिमिल्सिनाको संघर्षको कथा

प्रतिक्रिया