गजल

इनेप्लिज २०७४ कार्तिक २ गते १४:४५ मा प्रकाशित

झन्डी-बुर्झा र कौडीका खालहरुमा, कुर्लिएको आवाज ;
धान थन्क्याउने बेलामा नी’ थाती राखिएको काम-काज |

सम्झेर टिठ लाग्छ आफैंसँग, अनि बिरक्तिन्छु अनायसै ;
अर्पेर आफुलाई बिहान सबेरै -राती अबेरैको दैनिकी माझ ||

न सुवास ! न त एक चिम्टी चमक ! सयपत्री फुलहरुमा यहाँ ;
त्यस्तै छन् पाइने सेल रोटीहरू, न त दम्भ छ न त मिठास |||

बिरानो लाग्छ यी ठाउँ – शहर , चाड- पर्वको माहोलमा ;
(झनै न्यास्रो लाग्छ तिहार, सम्झेर दिदी-बहिनी लाई खास |||)२

प्रतिक्रिया