अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको तिहारको पाँचौ एवम अन्तिम दिन भाईटिका मनाएका छन् l अमेरिकामा अब दुई पुस्ते र तीन पुस्ते परिवार पनि भेला हुने भएकोले नेपाल जस्तै गरि भाईटीका मनाएका छन् l
आज अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यस बर्ष को तिहारलाई बिदा गरेका छन् l
यस पटक भाईटीका शनिबार बिदा भएको र मध्यान्ह ११ बजेर ५५ मिनेटको साइत देखि रातिको समय सम्म दिनभर भाइटीका लगाएका छन् l अमेरिकामा जन्मेका बालबालिका,पहिलो पुस्ता ,बिद्यार्थी ,अमेरिका विभिन्न कारण बाट आएका कलाकार ,साहित्यकार ,पत्रकार ,पर्यटक ,ब्यबसायी तथा विभिन्न पेसाका नेपाली समुदायले काग तिहार ,कुकुर तिहारको साथै भाईटीका समेत मनाएका छन् l
नेपाल जस्तै सबै सामग्रीहरु नेपाली पसल तथा भारतीय पसलमा समेत उपलब्ध हुनाले दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय अन्य बिधि अनुसार पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर समेत फुटाई नेपाल जस्तै भाईटीका मनाएका छन् l
दिदीबहिनीहरुले दाजुभाइको यश र ऐश्वर्य ,दिर्घायु कामना समेत गरेका छन् l अमेरिकामा नेपाल जस्तै प्रसस्त फूलहरु पाइने हुनाले मखमली फूल तथा सयपत्री फूल तथा अन्य फूलमाला आफ्ना दाजुभाईलाई लगाई भाई टिका मनाएका छन् l
अधिकांशको घरमा सेल रोटीको साथै आफ्ना दिदिबहिनीलाई दक्षिणा समेत दिएका छन् l यसको साथै लक्ष्मीपूजा देखि नै देउसी भैलो,तास तथा कौडा समेत खेली यस बर्षको सम्पूर्ण चाड पर्वलाई बिदा गरेका छन् l
प्रतिक्रिया