अनमोल केसी जस्तै देखिने अभिषेक भन्छन- श्रीकृष्ण श्रेष्ठको आशिर्वाद पाएको छु [ भिडियो कुराकानी

इनेप्लिज २०७४ कार्तिक ७ गते १६:१३ मा प्रकाशित

यतिबेला सामाजिक संजालमा नायक अनमोल केसी जस्तै अनुहार भएका एक युवक भाइरल भइरहेका छन। भक्तपुरको सूर्यविनायकमा बस्दै आएका १८ वर्षीय अभिषेक श्रेष्ठलाई धेरैले नायक अनमोल केसीको अनुहारसँग मिल्ने भएकाले उनलाई चलचित्रमा अभिनय गर्न समेत सुझाव दिएका छन् ।

नृत्यमा निकै पोख्त अभिषेकको नृत्य कुनै सिद्धहस्त नृत्य निर्देशकभन्दा कम छैन । अभिषेकले गम्भीर बिष्टसँग नृत्य सिकिरहेका छन् । अहिले ब्रिटिस कलेजमा पढ्दै आएका उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी आइटी क्षेत्रमा समेत रुची राख्छन।

उनले भारतको मुम्बईमा आयोजना हुने ‘ब्लिंक नेपाल ट्यालेन्ट म्यानेजमेन्ट’ मा भाग लिने बताएका छन । यही अक्टोबर ३० तारिकदेखि सुरु हुने कार्यक्रममा आफूले धेरै कुरा सिक्ने उनको भनाइ छ ।अभिषेक आफूलाई नायिका सम्राज्ञी अति नै मन पर्ने बताउछन । उनले नेपाली चलचित्रबाट आफूलाई खेल्ने अफर आए राम्रो स्क्रिप्ट पाएमा चलचित्र क्षेत्रको विकासका लागि योगदान दिदै निरन्तरता दिने सोचमा रहेको बताए ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया