नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

इनेप्लिज २०७४ कार्तिक १३ गते २३:१३ मा प्रकाशित

नेपाली चलचित्र कि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्मानित भएकि छिन् l नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी छिन ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित “सन फ्रान्सिस्को चलचित्र महोत्सव ” मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र “पंचायत ” ले “ बिदेशी भाषाको उत्कृष्ट चलचित्र ” विधामा र नायिका निता ढुंगानाले “उत्कृष्ट मुख्य अभिनेत्री ” विधामा पुरस्कार जित्न सफल भएकी छिन ।

सानै उमेर देखि अभिनयमा लागेकी ढुंगानाले हाल सम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरि सकेकी छिन । उनको चर्चित चलचित्र रुमा दबाव , छ एकान छ , नोटबुक , मसान , हाम्रो माया जुनी जुनीलाई ,निर्भय लगाएत पछिल्लो चलचित्र पंचायत हो ।पंचायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कार बाट उनलाई सम्मान गरिएको हो । यसरि नेपाली चलचित्र अन्तर राष्ट्रिय महोत्सव सहभागिता र सम्मानित हुदा यसले नेपालको पर्यटन प्रबर्धनमा ठुलो सहयोग र अन्तरराष्ट्रिय जगतमा नेपालको बारेमा राम्रो छवी बढने छ भनि सिलिकन भ्यालीका पर्यटनदुत प्रकाश थापाले बताए l

अन्तर्राष्ट्रिय चलचित्र जगतमा यो सम्मान र सफलताको लागि सम्पूर्ण नेपाली चलचित्र परिवार एबम नायिका निता ढुंगाना लाई हार्दिक बधाई !

 

प्रतिक्रिया