बिहीबार, फागुन १० २०७४ | Thu, February 22, 2018
नेपालको समय: १८:४६ | Washington DC: 08:01

नेपाल ओमानसँग ५–० ले पराजित,

काठमाडौं, कात्तिक २२ । एएफसी यु–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

कीर्गिस्तानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो ।

छनोट चरणअन्तर्गत् यसअघिका तीनओटै खेल हारेको नेपाल अन्तिम खेलमा पनि पराजित भएसँगै अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा एक गोल पनि गर्न नसकेको नेपालले सबै चार खेल हार्नेक्रममा कुल १२ गोल व्यहोर्‍यो ।

आफ्नो पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले हारेको नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० ले र तेस्रो खेलमा युएईसँग १–० ले पराजित भएको थियो ।

२०७४ कार्तिक २२ गते १२:५० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी