एउटा छोरा छ/ धेरै माया लाग्छ; आमाको रोल गर्नुपर्ने स्क्रिप्ट आउँदा डराएकी थिए : सारा श्रीपाइलि [ भिडियो ]

इनेप्लिज २०७४ कार्तिक २४ गते १४:१५ मा प्रकाशित

सारा श्रीपाइलिले रुद्र फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन्। पिंजडा व्यक अगेन उनको दोस्रो फिल्म हो। फिल्ममा निखिलको जोडी भएर सारा प्रस्तुत भएकी छिन्। उनको यो निखिल उप्रेतीसंगको दोस्रो फिल्म हो।

यो चलचित्रमा कथा मौनता श्रेष्ठले लेखेका हुन्। जसमा निखिल उप्रेती र साराको अलावा सुस्मिता के.सी,  पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सौरभ लामाको छायांकन रहेको यस चलचित्रमा रोहित पुरी, गोबिन्द गैर र चन्द्र बहादुर क्षेत्रीको लगानी छ।

पिएनपिखबरसँग कुरा गर्दै साराले  निखिल उप्रेतीजस्तो स्टारसँग काम गर्न पाउनु आफ्नोलागी राम्रो भएको बताइन । आमाको रोल गर्नुपर्ने स्क्रिप्ट आउँदा डराएकी सारा पिंजडा व्यक अगेनमा आफुले आमाको भूमिका निभाएको र छोरोको रुपमा रहेको बालकलाकारसँगको आत्मियता अझैसम्म प्रगाढ रहेको खुलासा गरिन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया