मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: ०६:५२ | Washington DC: 20:07

क्रोएशिया विश्वकपमा छनोट हुने संभावना बलियो

काठमाडौं, २४ कात्तिक । स्विट्जरल्याण्ड र क्रोएशियाले अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुने संभावना बलियो पारेका छन् ।

यूरोपेली समुहको प्ले अफ्अन्तर्गत बिहीबार राती भएका पहिलो लेगका खेलहरु जित्दै क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकप नजिक पुगेका हुन् ।

प्ले अफ् पहिलो लेगको खेलमा क्रोएशियाले ग्रिसलाई ४-१ ले हरायो । क्रोएशियाका लागि लुका मोड्रिच, निकोला कालिनिच, इभाँ पेरिसिच र आन्द्रे क्रामारिचले एक एक गोल गरे ।

प्ले अफ् कै अर्को खेलमा स्विट्जरल्याण्डले नर्दन आयरल्याण्डलाई १-० ले हरायो । नर्दन आयरल्याण्डलाई उसैको मैदानमा पराजित गर्न स्विटजरल्याण्डका रिकार्डो रोड्रिग्वेजले ५८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

युरोपेली समुहको अर्को प्ले अफ् खेल आज राती दुई बलिया टोली ईटाली र स्विडेनबिच हुनेछ । यसैगरी युरोपबाट डेनमार्क र आयरल्याण्डले पनि प्ले अफ् खेल खेल्नेछन् ।एजेन्सीको सहयोगमा

सम्बन्धित शीर्षकहरु

२०७४ कार्तिक २४ गते १९:२९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी