गायक सुरज श्रेष्ठ किन कालो कपालमा झुण्डिएर मर्ने निधो गरे ?- प्रकाश श्रेष्ठ

इनेप्लिज २०७४ कार्तिक २५ गते १६:५७ मा प्रकाशित

धाैलागिरीबाट काठमाण्डौं स्नातक पढ्न आएकाे एउटा युवा सुरज श्रेष्ठले आफ्नो academic शिक्षा सँगसँगै वि.सं. २०६१ सालमा म्युजिकको अध्ययनलाई आैपचारिकरुपमा सुरुवात गरे । सानै उमेर देखि गीत संगितमा लगाव राख्ने युवा गायक सुरजले वि.सं. २०६१ मा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरको पढाई सकेपछि म्युजिकको अध्ययन र साधनाले पनि उनलाई झन् आत्मविश्वास दिइसकेको थियो कि अब आफुले गीतका शव्दहरुलाई न्याय दिने गरि गाउन सक्छु भन्ने तत्पश्चात वि.सं. २०६९ मा पहिलो एल्बम सुर(Harmonical Notes) को श्री गणेश गरे ।

“सुर एल्बममा” धेरै वरिष्ठ सङ्गीतकमी॔सँग संगत गर्ने माैका पाएका सुरजले उनीहरुकै सरसल्लाह, सुझाब र उनको साधनाले आजसम्म म्युजिक क्षेत्रमा अगाडि बढ्न आफुलाई निकै प्रेरणा मिलेको कुरा संक्षिप्त कुराकानीमा बताए । उनका अनुसार गीत संगितमा निरन्तरता र धैर्यताको एकदमै खाँचो पर्दो रहेछ । केवल शोख भन्दा पनि एउटा सफल गायक बन्न दर्शक/श्रोताहरुको चाहना र बजार आवस्यकता बुझेर सोही अनुसारका गीतसंगित सृजना हुनु पर्ने रहेछ । त्यसो त बढ्दो प्रतिस्पर्धा र प्रचारप्रसारले समेत दर्शक/श्रोता सम्म पुगेर उनीहरुको ढुकुढुकीमा बस्न सक्न त्यति सहज छैन । कतिपय दर्जनौ गीत गाउनेहरु पनि छायाँमा पर्ने र कतिपय एउटै गीतबाट पनि रातारात हिट हुने गरेको देखिन्छ । यसका पछाडी धेरै कुराले प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पार्ने र युवाहरुको परिवर्तित संगित प्रतिको चाहनालाई बुझ्न सक्नु पर्ने रहेछ । जे होस्, यस तर्फ आफ्नो प्रयास निरन्तर रहेको बताए ।

गायक सुरज श्रेष्ठका अनुसार उनको पहिलो एल्बमबाटनै दर्शकश्रोता माझ आफूलाई राम्ररी चिनाउने माैका पाएका थिए । जसको फलस्वरुप विभिन्न अवार्डहरुमा नव कलाकारको रुपमा उनी मनोनयनमा पर्न सफल भए त्यहि उनको म्युजिकमा पहिलो जित थियो । बिस्तारै एल्बमको प्रचलन हट्दै गएपछि single track हरु गर्दै आफूलाई निरन्तरता दिदै आएको बताउने गायक सुरजले राज सरगमको शब्दरचना र दिपक शर्माको सङ्गीत रहेको “मुद्दा हाली दिन्छु ” गीतले अझ उनलाई दर्शक/श्रोता सामु चिनाउन सफलता मिल्यो । जुन गीत विभिन्न अवार्डहरुमा मनोनयनमा पर्यो र “म्युजिक खबर म्युजिक अवार्ड २०१४ “मा As a best pop singer अवार्ड प्राप्त गर्न सफल पनि भएको थियो ।

त्यस्तैगरि उनका अनुसार “सुरेश अधिकारी दाईको सङ्गीत रहेको “लाग्दैन निन्द्रा”, राजु सिंह दाईको सङ्गीत रहेको “भुलेऊ कि भुलेकी छैनउ” जस्ता गितहरु गाउँदा आफूलाई बढि सन्तुष्टी मिल्छ “। आफ्नो भविष्यनै गीतसंगितमा देख्ने गायक सुरजले संख्यालाई भन्दा पनि गुणस्तरमा बढि ध्यान दिएर गीतलाई बजारमा ल्याउने गरेका छन्

हालैमात्र धेरै मेहेनत पछि भर्खरै एउटा नयाँ गीत “कालो कपाल” दर्शकदीर्घाहरूको टेस्ट अनुरूप लिएर आएका छन् जसमा बिपिन मर्मको शब्दरचना, उदेश श्रेष्ठको सङ्गीत रहेको छ । यस गीतको म्युजिक भिडियो विभोर पोखरेलको निर्देशन, क्यामेरा रोशन श्रेष्ठ र सम्पादन सतिज श्रेष्ठले गरेका छन् । त्यस्तै गीतमा अभिनय गर्ने कलाकारहरुमा निशान्त र सोना छन् । यस गितको बजार व्यवस्था “एशियन म्युजिक कम्पनीले “गरेको छ । छोटो समयमानै गित र यसको म्युजिक भिडियो मेकिङगको सर्बत्र चर्चा भैरहेको र हरेक दृष्टिकोणबाट एउटा पर्फेक्ट गित भएको प्रशंसा पाइरहेकोमा आफुलाई म्युजिकमा थप नयाँ सृजना लिएर दर्शक/श्रोता सामु आउने उर्जा थपिएको महशुष उनले गरेका छन् ।

अन्तमा यस नयाँ गीतलाई एकपटक हेरेर र सुनेर आफुलाई थप हौसला दिन सम्पुर्ण दर्शक/श्रोता समक्ष अनरोध गरेका छन् । यसलाई “यु ट्युवमा” समेत राखिएको छ । जुन गीत यसप्रकार रहेको छ । https://youtu.be/BwBjlnfd1bs यस लिंकमा क्लिक गरेर गीतबाट मनोरंजन लिन सक्नु हुन्छ र केही सुझाव भए पनि दिन सक्नु हुन्छ ।

प्रतिक्रिया