मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: ०६:५२ | Washington DC: 20:07

चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा

हनोई, २६ कात्तिक : चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुग्नुभएको समाचार छ ।

 

यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उहाँ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुग्नुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएकोछ ।

यसअघि उहाँ दुई वर्षअघि औपचारिक भ्रमणका क्रममा भियतनाम पुग्नुभएको थियो । यस पटक पनि उहाँ सोही देशको डा नाङ् सहरमा एपेकको सम्मेलनका लागि जानुभएको थियो ।

उहाँ त्यहाँबाट औपचारिक भ्रमणका लागि आइतबार राजधानी हनोई पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव समेत रहनुभएका राष्ट्रपति सिले हनोइमा रहँदा त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव एनग्युन फु त्रोनसँग भेटवार्ता गर्नुहुने छ ।

उहाँले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा कुराकानी गर्नुहुने समाचारमा जनाइएको छ ।(रासस/सिन्ह्वा)

२०७४ कार्तिक २६ गते १०:१६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी