NOA द्वारा आयोजित “नेपाल सम्बत ११३८ न्हुदया भिन्तुना”, Washington D.C

इनेप्लिज २०७४ कार्तिक २६ गते १०:५३ मा प्रकाशित

नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) द्वारा आयोजित ” नेपाल सम्बत ११३८ न्हुदया भिन्तुना ” कार्यक्रम  राजधानी वाशिंगटन डिसी देखी पांच मिनेटको दुरीमा रहेको म्यारिल्याण्डको बेथेस्दामा यही नोभेम्बर ११ तारिख  शनिबारका दिन आयोजना गरिएको थियो।

अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा ० अर्जुन कुमार कार्की ( बिध्याबारिधी ) ले पानसमा बत्ती बालेर  कार्यक्रम ऊद् घाटन गर्नुभएको थियो। प्रमुख अतिथीको मन्तब्यमा राजदुत डा ० कार्कीले भन्नुभयो – नेपाल देखी यती टाढा आएर पनी नेपालको नेवा: संस्कृतीको सम्बर्धनको लागी निरन्तर गरिएको क्रियाकलापहरुको प्रसंशा गर्दै नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) लाई नेपाल सरकारको तर्फबाट राजदुत डा० कार्कीले धन्यबाद दिनुभयो।

वोर्ल्ड नेवा: अर्गनाइजेसन (WNO) का अध्यक्ष सिजन श्रेष्ठ एक मात्र बक्ता रहनुभएको उक्त शभामा  नेपाल सम्बतको जन्मदाता संखधर साख्वाको बिषयमा डा ० महेस्वोर बैध्यले एक कार्यपत्र प्रस्तुत गरेका थिए। हाल: नेपालमा प्रचलनमा रहेको नेपाली भाषा भन्दा नेपाल सम्बत धेरै पहिले देखीको नेपाली भाषा भएको प्रमाणहरु डा० बैद्यले प्रस्तुत गरेका थिए।

NOA का प्रथम उपाध्यक्ष पुस्कर प्रजापातीले स्वागत भाषण र द्वितीय उपाध्यक्ष सुशिल लाल श्रेष्ठले धन्यबाद ज्ञापन गरिएको  उक्त शभा NOA का अध्यक्ष बबिता श्रेष्टको अध्यक्षतामा भएको थियो।नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) का सक्रिय कार्यकर्ताहरु राजेश लाल श्रेष्ठ, महिन्द्र प्रधान, दिवाकर धौमडेल , यज्ञमान श्रेष्ठ , ऊदय श्रेष्ठ , मिना प्रधान लगायतका कार्यकर्ताहरुको ब्यबस्थापन राम्रो थियो।

धिमे बाजा बजाउँदै गरिएको सुकुन्दा र्याली, नेवा: समुदायको स्वादिस्ट परिकार समयबजी, नेवा: भोज र नेवा: कथाको नाटक मन्चन सहितको बिबिध सांस्कृतिक कार्यक्रम ” नेपाल सम्बत ११३८ न्हुदया भिन्तुना ” को आकर्षण थिए। ईनेप्लीज डटकम् , बिआरटी नेपाल डटकम् र डिसीनेपाल डटकम् ले कार्यक्रमको प्रत्यक्ष-प्रशारण गरेका थिए।

 

 

प्रतिक्रिया