विश्व प्रसिद्ध ‘ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसन’मा अभिले पाए एक पछि अर्को सफलता

इनेप्लिज २०७४ कार्तिक २६ गते १४:३० मा प्रकाशित

क्यानाडाको टोरन्टोमा साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा अमेरिकाको नर्थ क्यारोलाइना निबासी सत्र बर्षीय किसोर अभि बस्ताकोटी (कुर्टिस वार्टस)लाई एक पछि अर्को सफलता मिलेको छ । पहिलो चरणमा विश्वभरीका ६४ म्युजिक कम्पोजरसंगै छनोटमा परेका अभिले नोभेम्बर १०, २०१७ मा भएको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उत्कृष्ठ ३२ मा पर्न सफल भएका छन् । प्रत्यक प्रतियोगीहरूले प्रतिस्पर्धामा आफ्ना तीनतीन वटा सांगीतिक प्रस्तुति दिएका थिए । तिनै प्रस्तुतिका आधारमा संगीतका विश्व प्रसिद्ध तीन जना विशेषज्ञको टोलीले ३२ जना प्रतिस्पर्धीहरूलाइ छनोट गरेका हुन् ।

बिगतमा यस प्रतियोगिताबाट छनोट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेको इतिहास छ भने यस बर्ष पनि संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिकालगायत बिश्वका बिभिन्न मुलुकका म्युजिक कम्पोजरहरु प्रतिस्पर्धामा भिड्दै छन् । ३२ जना भित्र छनौटमा परेपछि अभि बस्ताकोटीले विश्वभरका उत्कृष्ठ म्युजिक कम्पोजरहरूसँग भिड्नपाउनु आफ्नो सौभाग्य भएको र बाँकी प्रतिस्पर्धाका लागि पनि आफु मिहिनेतका साथ् प्रस्तुत हुने जनाएका छन् ।

यो अवसर आफुलाई प्रतिभा देखाउने र नेटवर्क बढाउने राम्रो अवसर भएको उनले जनाएका छन्। उमेर नपुगेका कारण आफ्ना अभिभावकले वेभर फर्ममा स्वीकृति दिएर मात्र प्रतियोगितामा सामेल भएका उनी सम्भवत सबभन्दा कम उमेरका र नेपाली मूलका पहिलो र एक मात्र प्रतिस्पर्धी हुन् । उपाधी जित्नका लागि उनी नोभेम्बर ११ बेलुका टोरन्टोमा थप सांगीतिक प्रस्तुतिका साथ् भिड्दै छन् ।

प्रतिस्पर्धामा सर्बोत्कृष्ट हुने म्युजिक कम्पोजरले ५००० अमेरिकी डलरको नगद पुरस्कार, र लस एन्जल्स स्थित स्टुडियोमा मल्टी प्लटिनम सेलिङ्ग प्रोड्युसर वोंडागल (WondaGurl ) संग काम गर्ने अवसर पाउनेछन ।

 

प्रतिक्रिया