नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ मेची ईकाईको अध्यक्षमा उमेश रेग्मी निर्वाचित

इनेप्लिज २०७४ कार्तिक २६ गते १६:३५ मा प्रकाशित

नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ(एनएमएसआरए ) मेची ईकाईको अध्यक्षमा उमेश रेग्मी निर्वाचित भएका छन् l रेग्मी मेची ईकाईको छैठो अधिबेशन बाट अध्यक्षमा निर्वाचित भएका हुन् l

यसको साथै निर्वाचनमा सह सचिव र सह कोषाध्यक्षमा सर्वसम्मती बाट भएको छ भने अन्य पदमा निर्वाचन भएको थियो l निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्षमा उमेश रेग्मी ;वरिष्ट उपाधक्ष्यमा ,गोपाल पौडेल;उपाधक्ष्यमा विशाल नेपाल;सचिवमा सुदर्शन दाहल तथा स. सचिव रत्न राज प्रधान तथा किरण काफले निर्वाचित भएका छन् l

यसै गरि संघको कोषाध्यक्षमा नम्लिँग हांग चेमजोङ तथा सह कोषाध्यक्षमा सौरभ कोइराला निर्वाचित भएका छन l संघको कार्यकारी सदस्यहरू उज्वल कु. रॉय,आलोक श्रेष्ठ ,रीपन यादव ,सबिन श्रेष्ट तथा अभिरमान लिम्बू निर्वाचित भएका छन् l

कार्यक्रम को उद्घाटन सत्रमा प्रमुख अतिथि एनएमएसआरएका केन्द्रिय सचिव , विशिष्ट अतिथि शम्भु साह ,औषधि व्यवस्था बिभाग बिराटनगर प्रमुख  बिशिस्ट अतिथि नरेन्द्र बस्नेत नेपाल औषधि ब्यबसायी संघ मेची शाखा को उपस्थिति रहेको थियो l

अतिथिहरु प्रमित निरौला पीईएएन बिराटनगर शाखाका अध्यक्ष ,एनएमएसआरए मेची ईकाईका संस्थापक अध्यक्ष पन्च लिम्बु ,मेची का पहिला ओखति प्रतिनिधि गोपाल खतिवडा ,एनएमएसआरए धरान ईकाई काअध्यक्ष उज्ज्वल भट्टराई ,एनएमएसआरए बिराटनगर ईकाई का प्रमोद साह तथा विभिन्न संघ संस्थाका प्रतिनिधित्व गरेका थिए।

अध्यक्षमा निर्वाचित भएका रेग्मीले ११ बुदे आफ्ना प्रतिबद्धताहरु जाहेर गरेका थिए l उनले मेची ईकाईलाई अझ चुस्त संगठित र ब्यबस्थित बनाउन,विभिन्न कार्यक्रम को माध्यम बाट थोक बिक्रेता चिकित्सक र अन्य चिकित्सा सम्बन्धित क्षेत्र र संस्थाहरु संगको सम्बन्ध उचाइ मा पुर्याउन र बजार प्रतिनिधि प्रबन्धक र कम्पनी बिच सामन्जस्य कायम गरि पेसालाइ मर्यादित बनाउने र मेची लाई एक नमुना ईकाईको रुप मा स्थापना गर्ने प्रतिबद्ध सामाजिक संजाल मार्फत सार्बजनिक गरेका थिए l

प्रतिक्रिया