नेवा:जागरण मंच जापानले क्योटोमा परिचयात्मक भेटघाट कार्यक्रम गर्ने

इनेप्लिज २०७४ कार्तिक २७ गते ९:२६ मा प्रकाशित

जापानको कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीहरु बीच परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना हुने भएको छ ।

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको संयोजन र नेवा:जागरण मंच जापानको आयोजनामामा हुने उक्त कार्यक्रम यहि नोवेम्बर १५ तारेखमा क्योटोमा हुनेछ l

नेपालका विभिन्न जिल्लाहरुबाट जापानको कान्साई क्षेत्रमा आइ बसोबास गरिरहेका नेपालीहरुको एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

क्योतोको कावारामाची स्थित हिमालय रेस्टुरेन्टमा साँझ १७:०० बजेबाट सुरु हुने कार्यक्रममा जापानबासी नेपालीहरुलार्इ उपस्थितका लागि आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान :
Himalaya Restaurant, Kyoto,
Green Land Bldg,6F, Maruya-Cho 406,Sanjyo Agaru, Kawaramachi Doori, Nakagyo-Ku, Kyoto-Shi, Kyoto.

Date: 2017 November 15
Time; 17:00

Contact:
Tel.075-211-8940 , 080-9674-6014 (Soft Bank)
Surendra Shrestha (Kyoto) ; 090-3627-2853
Dinesh Shresth (Osaka) : 090-9880-2545

 

प्रतिक्रिया