चितवनमा मेयर,उपमेयरका उम्मेदवार सहित दर्जनौ एमालेमा प्रवेश

इनेप्लिज २०७४ कार्तिक २७ गते १७:३० मा प्रकाशित

शिशिर सिंखडा
भरतपुर २७ कार्तिक । मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी परित्याग गरी आज एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । एमाले पार्टी कार्यालय भरतपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले उनीहरुलाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन । नेकपा क्रान्तिकारी माओवादीका राज्य समिति सदस्य एवम् अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य समेत रहेको उत्तमराज सिंखडा,सोही पार्टीका जिल्ला कमिटी सदस्य एवम् गोरखा क्षेत्र नं.१ सेक्रेटरी प्रकाशचन्द्र ढकाल त्यस्तै गरी सोही पार्टीको जिल्ला कमिटी सदस्य विन्दा कार्की सहितका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन ।

सिंखडा स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालिकाको मेयर र कार्की उपमेयर पदका लागि सो पार्टीबाट उम्मेदवार रहेका थिए । सो कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे,नवप्रवेशी सिंखडा,ढकाल र कार्की लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया