न्युजर्सीमा महिला हिंशाबिरुद्ध नेपाली महिलाको साथमा अमेरिकन महिला समेत रातो फरियामा

इनेप्लिज २०७४ कार्तिक २८ गते २:४४ मा प्रकाशित

रातो राम्रो गुलियो मिठो बैस छदा खेरि भन्ने गीत संझेर या अर्को बर्षको तीज लाई अहिले देखि नै निम्ता दिन पनि यसरि रातो फरियामा पनि भेला भएका हैनन् l  किशोरी देखि बृद्ध सम्म अमेरिकाको न्युजर्सीमा शहरमा लैंगिक हिंशाबिरुद्ध ऐक्यबद्धता जनाउन गत नोभेम्बर ११ तारिख शनिबार अमेरिकाको न्युजर्सीमा नेपाली महिला को साथमा अमेरिकन महिलाहरु समेत रातो फरियामा देखिए ।

न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो फरियामा उपस्थीत भएका थिए l

न्युजर्सीको हड्सन काउन्टी(जिल्ला )मा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

बंगाली, हिन्दी, अँग्रेजी तथा नेपाली भाषामा समेत यस पटक देखि सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंशाका पिडित नेपाली महिलाहरुलाई निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार(मानार्थ विद्यावारिधि ) नेपाली समुदायको संयोजक भएकोले उहाँकै पहलमा रातो फरिया कार्यक्रमको आयोजना गरिएको हो ।

डा परियारले स्वागत मन्तब्य दिनुका साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश परेकी थिइन् भने यौनहिंशाबिरुद्ध हड्सन स्पीककी कार्यक्रम निर्देशक नास्तासिया फ्लेश्चरले धन्यवाद ज्ञापन गरेकी थिइन् l

कार्यक्रममा सीबीसी बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी थोमस कफलिन , जर्सी सिटीका काउन्सीलवुमन एट लार्ज जोयस वाटरम्यान, वुमन फर कजकी अध्यक्ष उमा पोखरेलले, साहित्यकार गिता खत्री , डा सामिना मिर्जा तथा कवियत्री शकुन्तला ज्ञवालीले कविता वाचन गरेकी थिइन् l

 

 

प्रतिक्रिया