मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: ०६:५३ | Washington DC: 20:08

देबी घर्ती र जीतन भाइको परदेशीहरूलाई रूवाउने गीत “लैदे खबर चरी” बजारमा

 


२०७४ कार्तिक २८ गते मंगलबार

प्रदेशी र घरदेशी को कथामा आधारित हृदय बिदारक कारूणिक मर्म स्पर्शी गीत लैदे खबर चरी चर्चित गायीका देबी घर्ती मगर र जीतन भाईको प्रस्तुतिमा बजारमा आएको छ । मौलिकतामा कलम चलाउन रमाउने उनै कुशल सर्जक तथा गायक खेम पुनको शब्द संगितमा तयार भएको उक्त गीतमा बहुचर्चित गायिका देबी घर्ती मगर र गायक जीतन भाइको आवाज रहेको छ ।

शब्द र संगीतको भावमा डुबेर गीतको मर्म नमर्ने गरी संगीतको संयोजन बिनोद बाजुरालीले गरेका छन् । छायांकार दुर्गा पौडेलले निर्देशन गरेको यो गीतमा चर्चित मोडेल द्वय रन्जिता गुरुंग र महेन्द्र गौतमको अभिनयले गीतलाई पुर्णता दिएको छ । आशिस म्यूजिक प्रा.लि मार्फत बजारमा आएको जुन गीत म्यूजिक नेपालको यूट्यूब च्यानल बाट प्रकाशन भएको छ । कोरियालाई आफ्नो कर्मभूमि बनाएर बसेका गायक जीतन भाइले यस अघी आधा दर्जन बढी गीत बजारमा पस्किसकेका छन् ।

 

 

२०७४ कार्तिक २८ गते ११:०७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी