सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: २०:२४ | Washington DC: 09:39

संविधान संशोधन हुनेमा ढुक्क छु : जापानी प्रधानमन्त्री आबे

टोकियो, १ मङ्सिर (रासस/एएफपी) : जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ ।

 

उहाँले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार सो प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ ।

उहाँले भन्नुभयो– निर्वाचनपछि आफूलाई संविधान संशोधनको जनमत नागरिकले दिएका छन् र त्यसैबमोजिम नै सबै कुरा राम्रो तरिकाबाटै अघि बढिरहेको छ, त्यसैले संविधान संशोधनको पक्षमा म चाहिँ ढुक्क छु ।

२०७४ मंसिर १ गते १४:४० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी