साहित्यकार केहरसिंह गुरुङको कथा संग्रह “विकृतिका अग्ला पर्खालहरु”को लोकार्पण

इनेप्लिज २०७४ मंसिर ३ गते १:४७ मा प्रकाशित

अटवा,शनिवार नवेम्वर १८ २०१७का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )क्यानडा अटवाको आयोजनामा साहित्यकार केहरसिंह गुरुङको कथा संग्रह  “विकृतिका अग्ला पर्खालहरु” एक साहित्यिक कार्यक्रमको आयोजना गरी विमोचन भयो । अटवा,शनिवार नवेम्वर १८ २०१७का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )क्यानडा अटवाको आयोजनामा साहित्यकार केहरसिंह गुरुङको कथा संग्रह  “विकृतिका अग्ला पर्खालहरु” एक साहित्यिक कार्यक्रमको आयोजना गरी विमोचन भयो ।  अनेसासकी सदस्य तारा उप्रेती द्वारा संचालित उक्त कार्यक्रममा संस्थाका महासचिव सन्तोष बरालले स्वागत मन्तव्य राख्दै अनेसासका गतिविधीहरुको बारेमा प्रकाश पार्नु भयो । गत बर्ष २०१६ अक्टोवर १७ तारिखमा काठमाणंडौमा विमोचित श्री गुरुङको जीवनी पथिक म जीवनको पुस्तक माथि अनेसासका सल्लाहकार सुरेन उप्रेतीले चर्चा गर्नु भएको थियो । उक्त पथिक म जीवनको पुस्तकमाथि चर्चा गर्दै श्री उप्रेतीले  प्रवासको व्यस्त समयमा निरन्तर लेखन कार्यलाई अगाडि बढाउने कार्य आफैमा महत्व पूर्ण छ भने सरल लेखाई स्पष्ट प्रस्तोता भएर यथार्थलाई पाठक समक्ष राखनु लेखकको विशेषता हो भन्नु भयो । लाहुरे परिवारमा जन्मिएका श्री गुरुङको वाल्यकाल विभिन्न ठाउँमा सर्दै कहिले गोरखपुर भारत कहिले तारुकडांडा स्याँजा हुँदै मलाया हङकङ पक्लिहवा आदिमा पुगेका छन् । बावुले दोश्रो बिवाह गरे पश्चात आमा द्धारा हुर्काइएका गुरुङ वनको काडालाई तिखारी रहनु पर्दैन भने झैं गुरुङ आफैं परिश्रमी र लगनशिल विधार्थी भएर प्रथम श्रेणीमा उतिर्ण हूदै हाइस्कुल उतिर्ण हुन्छन् ।


श्री गुरुङको लेखनको विशेषता भनेको सरल ढंगले पढौ पढौ लाग्ने बनाउँदै पाठकलाई सैगै लैजान सक्नु हो । कसैको जीवनी पढ्दा यसरी पाठकलाई डोर्याउन सक्नु । कतै दिक्क लाग्न नदिनु र प्रत्यक शिर्षक र उपशिर्षक बनाएर कुनै न कुनै कुराको ज्ञान दिनु अर्को बिशेशता रहेको छ । साम्यबादलाई पूजीबादले लगाएका गलत लान्छनाहरुको खरो यथार्थलाई जीवनी भित्र रोचक ढंगले प्रस्तुत गर्नु भएको छ । साठी बर्ष पुगे पछी कम्निस्टहरुले बाबु आमालाई आफै खाडल खनेर पुर्छन् भन्ने त्रासदी पूर्ण भ्रमलाई चिरेर झन स्वास्थ केन्द्रमा राखेर उपाचार र रेखदेख गरेको यथार्थ प्रस्तुत गरेका छन् । पेशाले इन्जिनियर भए पनि साहित्य सेवामा निरन्तर सेवापुर्याउनु श्री गुरुङको महानत हो भन्दै उप्रेतीले चर्चा गर्नु भयो विमोचित कृति  विकृतिका अग्ला पर्खालहरु माथि डाक्टर कृष्णहरि गौतम् द्धारा तयार पारिएको  समालोचनालाई श्री बैकुण्ठ पौडेलले लेखकलाई बधाइ दिंदै पढेर सुनाउनुभयो  । ।  प्रस्तुत कथा संग्रह ७० पेज मा १२ वटा कथा बुनिएका छन् / यसमा रहेका कथाहरु मध्ये दुई दुर्लव किस्मत … र क्र्मकंदीय मिलापत्र कथाकारका संस्मरण जस्तोलाग्छ भने अरु काल्पनिक भान हुन्छ ।कथाहरु तुलनात्मक रुपमा छोटा (बढीमा ६ पेज) भएकोले एकै पटकमा पढ्न सकिन्छ / कथा ६ र ९ बाहेक सबै मा स्थान रपात्रको  नाम नेपाली भएकोले नेपाली पाठकलाई बुज्न सजिलो पारिएको छ ।  अति चरमपन्थी, बिकृतिलाई सहेर बस्ने र विकृतिलाई समाजकोकलंको दलदलबाट चेतनाको रन्को बाल्ने प्रवृती / कथाकारले आफुलाई तेस्रो कित्तामा राख्न प्रयास गरेको देखिन्छा र समाजमा भएका त्यस्ता बिकृतिलाई  विभिन्नपात्र द्वारा छताछुल्ल गर्ने प्रयाश गरेको  पाइन्छ भन्दै डाक्टर गौतमले चर्चा गर्नु भयो ।

भर्खरै मात्र छोरा भेट्न नेपालबाट आउनु भएका समाज सेवी श्री टंक बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । कथाको विमोचन गर्दै प्रमुख अतिथि श्री बरालले यस्तो व्यस्त जीवनमा यस्ता श्रृजना गर्न सक्नु भनेको भाषा र साहित्य प्रतिको ठूलो योगदान र तपश्या हो भन्नु भयो । अतिथिको एनआरएन क्यानडाका उपाध्यक्ष रमेश बानिया एनसिएओका अनुप सुवेदीले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो । श्रस्टा श्री गुरुङले अनेसास परिवारलाई धन्यवाद दिंनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका अनेसासका अध्यक्ष कमल कोइरालाले साहित्यकार श्री गुरुङको निरन्तरलेखनले आफु प्रभावित भएको र वहाको योगदानको प्रसंशा गर्नु भयो । कार्यक्रमको अन्त्यमा जलपानको व्यवस्था सहित कार्यक्रममा सहभागिहरुलाई पथिक म जीवनको र विकृतिका अग्ला पर्खालहरु निशुल्क वितरण गरिएको थियो । कार्यक्रम हथ्रोन पव्लिक एलिमेण्ट्रि स्कुलमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया